spot_img
Friday, January 30, 2026
Homeब्यानरराप्ती घाटमा पाँच हजार एक सय ११ महादीपोत्सव

राप्ती घाटमा पाँच हजार एक सय ११ महादीपोत्सव

spot_img

बाँकेको राप्ती नदीस्थित स्नान घाटमा पहिलो पटक पाँच हजार एक सय ११ दिप प्रज्वलन गरिएको छ । हिन्दुहरुको महान पर्व तिहार (दिपावली) को अवसर पारेर पबित्र स्थान मानिएको स्नान घाटमा बुधबार साँझ महादीपोत्सवका रुपमा सामुहिक दिप प्रज्वलन गरिएको हो । दिप प्रज्वलन कार्यलाई डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले उद्घाटन गरेको थिए । अध्यक्ष चौधरीले हिन्दुहरुको शुभ कार्य गर्न अघि गरिनुपर्ने बिधि बिद्यान अनुरुप पुजापाठ गरेर महादीपोत्सवको उद्घाटन गरेका थिए । नेपालगञ्जस्थित बागेश्वरी संचार सेवा प्रालिको आयोजना एवं डुडुवा गाउँपालिकावासीको संयुक्त आयोजनामा गरिएको महादीपोत्सव कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले कार्यक्रमको प्रशंसा गरे। अध्यक्ष चौधरीले गाउँपालिकाले समेत यस स्थानमा भौतिक संरचनाहरु निर्माण गर्ने योजना बनाएको भएपनि जग्गा अभावका कारण पुरा हुन नसकेको स्पष्ट पारे। राप्ती नदीको बिचमै सय फिटको शिवको मुक्ति बनाउने योजना रहेको र त्यसको डिपिआर समेत भइसकेका कारण उक्त कार्यपनि गर्ने बताए ।

सिधनिया घाट सबैको केन्द्र बिन्दुका रुपमा रहेकाले यसलाई पर्यटन बिकाससंग जोड्न चाहिरहेको तर बिभिन्न संरचना बनाउन जग्गा अभाव भएको अध्यक्ष चौधरीले जानकारी दिएका छन । बागेश्वरी संचार सेवा प्रालिका अध्यक्ष बृजमोहन गुप्ताले स्थानीय युवाहरुले यो पटक राप्ती नदीमा दिप प्रज्वलन गरौं भन्ने चाहना देखाईरहेको र असल कार्य हुने भएकाले यो कार्यक्रम आयोजना गरिएको बताए। महादीपोत्सव कार्यक्रमलाई स्थानीय भोला गुप्ताले नेतृत्व गरेका थिए । दिप प्रजवलन गर्नुअघि बुधबार बिहानैदेखि सो क्षेत्रमा स्थानीय युवाहरुले सरसफाई गर्ने र त्यहाँस्थित मन्दिरलाई रंङ्गरोगन गर्ने कार्य गरिएको छ । कार्यक्रममा डुडुवाका बिभिन्न पार्टीका स्थानीय नेताहरु, स्थानीय युवा क्लब, पत्रकार लगायतको उपस्थितिमा उक्त कार्यक्रम गरिएको बागेश्वरी संचार सेवा प्रालिका प्रबन्धक सन्तोष गुप्ताले जानकारी दिए।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here