spot_img
Saturday, September 21, 2024
Homeब्यानरराप्तिसोनारिमा मतदान प्रतिनिधिलाई प्रशिक्षण दिदै नेकपा एमाले

राप्तिसोनारिमा मतदान प्रतिनिधिलाई प्रशिक्षण दिदै नेकपा एमाले

spot_img

चुनावी अभियानलाई दौडाउने क्रमसङ्गै शनिबा। राप्तिसोनारी गाउँपालिकामा मतदान प्रतिनिधि प्रशिक्षण कार्यक्रम गरिएको हो । कार्यक्रममा गाउँपालिका भित्रका नौ वटै बडाका मतदान प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमालाई सम्बोधन गर्दै नेकपा एमाले १ नम्बर क्षेत्रका क्षेत्रीय संयोजक बलराम भट्टराईले बैशाख ३० गते हुने चुनावी युद्द , लडाइँ एमालेले जितिसकिको र हाम्रो जित देखेर बिपक्षिहरु अतालिएको बताउदै उनले हामिलाई चारैतिर बाट घेराबन्दी गरिएको छ हराउन अनेक प्रपोकाण्ड रचिएको छ त्यसैले हामी सतर्क हुन आवस्यक रहेको बताए । सजिलै सङ्ग चुनाव जित्न नसकिने भएपछी हाम्रो पाटिमा आस्था देखाउने मतदातालाई झुक्याएर जागिरको लोभ लालच देखाउने किनकि अहिले राज्यसत्ता सबै विपक्षको हातमा भएको विभिन्न प्रलोभन देखाउदै गाउँ गाउँ टोल टोल छिरिसकेको हुदा उनिहरुले देखाएको प्रलोभनमा नपर्न मा नपर्न आग्रह गरेका छन् । यस्तै प्रदेश कमिटी सदस्य एवम् अधिबक्ता तेज कुमार धिलालले छोटो समयमा धेरै काम गर्नु पर्ने जनताको घरदैलोमा उम्मेद्बारहरु आफ्नो अमुल्य मत माग्न मुख्यमुख्य एजेन्डा लिएर पुगिसक्नु पर्ने र मतदाता प्रतिनिधिले खेल्नु पर्ने भुमिका बारे प्रष्ट पारेका थिए।उनले निर्वाचनको दिन निर्वाचन क्षेत्र भित्र प्रवेस गरेका मतदातालाई सहि मान्छे हो या होइन लिस्टमा भएको उहीँ मान्छे हो या होइन भनी चिन्ने अनि मतदान केन्द्र भित्र आचारसंहितामा उलंघन गरेको छ छैन भनी रिपोर्ट गर्ने काम मतदान प्रतिनिधिले गर्नु पर्ने मुख्य काम भएको बताए।यस्तै कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले आज सम्म को मेहनतलाई अब परिणाममुखी बनाउन हामी सबै एक भएर खटिनु पर्ने बताए। उनले मतदान प्रतिनिधि छ्नौट गर्दा कुनै लोभ लालचमा नपर्ने लडाइँको मैदानमा सामना गर्न सक्ने पाटिको लागि ज्यान दिनसक्ने व्यक्तिलाई नै छनौट गरि प्रतिनिधि बनाइएको हुँदा अबको नतिजा मतदान प्रतिनिधिको हातमानै भएको हुँदा मतदान प्रतिनिधिलाई सम्मान गर्दै अबका दिनमा निरन्तर मतदान केन्द्रमा मत हाल्नेदेखी लिएर मत पेटिका बुथ देखि गणना क्षेत्रसम्म नपुग्दा सम्म निरन्तर खटिन निर्देशन दिएका छन् ।उनले हामिले हाम्रा मत सुरक्षित राख्दै मतदातालाई सहज तरिकाले सुरक्षा दिदै मतदान केन्द्र सम्म लिएर जाने अनि मतदान प्रतिनिधिले मत पत्रमा मतदान अधिकृतले हस्ताक्षर गरेको छ छैन मसि बढी पो हालेको छ किभन्ने जस्ता सामान्य त्रुटीलाई मध्यनजर राख्नु पर्ने बताउदै गठबन्धन जतिसुकै पाटिले गरेपनी एमालेको जनलहर एकदमै सक्रिय भएको हुँदा चुनाव हामिले जितिसकेको छौ अब पाँच दिन मात्र हामिले हाम्रा मतको सरक्षण गर्न सके चुनाव भारि मतले सहजै जितिने बताए ।कार्यक्रममा केन्द्रिय सदस्य दिपा शर्मा उपाध्यक्ष पदकी उम्मेदवार चमेली वाकाबल लगायत प्रदेश कमिटी , जिल्ला कमिटी पालिका कमिटी लगायत वडा कमिटिका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here