spot_img
Friday, December 5, 2025
Homeकला/साहित्यराजेश हमालको पत्रकारसँग साक्षत्कार

राजेश हमालको पत्रकारसँग साक्षत्कार

spot_img


नेपाली सिने जगतका नायक राजेश हमालसहित ‘नरसिंह अवतार’ चलचित्रको टोलीले विहिबार बाँके जिल्लामा स्थानीय पत्रकारहरूसँग साक्षत्कार कार्यक्रम सम्पन्न गरेको छ । चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका कलाकार, निर्माता, निर्देशक लगायतको टोली उपस्थित रहेको थियो ।
बाँकेको नेपालगञ्जमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली चलचित्र उद्योगको वर्तमान अवस्था, प्रवृत्ति, सम्भावना र चुनौतीहरूबारे छलफल भएको थियो । त्यस क्रममा पत्रकारहरुसित कुराकानि गर्दै नायक राजेश हमालले पश्चिम नेपालमा पनि सिनेक्षेत्रको बजार अँझ फस्टाउदै गएकोमा खुसी व्यक्त गरेका थिए ।
नायक हमालले आफुहरु नेपाली सिनेमाको समृद्धिको यात्रामा रहेको र अबको आवश्यकता भनेको गुणस्तरीय चलचित्र उत्पादन गर्नुका साथै दर्शकसँगको सम्बन्ध अझ बलियो बनाउनु रहेको बताए ।
यस अवसरमा ‘नरसिंह अवतार’ फिल्मको विषयवस्तु, कार्यानुभव र देशभर प्रचारप्रसार गर्ने योजनाबारे कलाकारहरु राज कटुवाल, सनिसा भट्टराई तथा प्रकाश कुँवर लगायतले जानकारी गराएका थिए ।
कार्यक्रममा बाँकेका सन्चारकर्मीहरूले पनि नेपाली सिने क्षेत्रले पश्चिम क्षेत्रमा प्रचार–प्रसारको रफ्तार बढेको चर्चा गर्दै यहिँ भएको विश्वस्तरको सिनेमाघरमा अवको चलचित्रको प्रिमियर गर्नुपर्ने कुरामा समेत जोड दिएका थिए ।
चलचित्र ‘नरसिंह अवतार’को टोली देशका विभिन्न भागमा पुगेर अन्तरक्रियात्मक कार्यक्रमहरू गरिरहेको छ । फिल्म यहि जेठ नौ गतेबाट देशव्यापी प्रदर्शनमा आएको थियो ।सात्क्षतकार कार्यक्रमलाई संघकी सचिव लक्ष्मी तिमिल्सेनाले सहजीकरण गरेकी थिइन ।कार्यक्रममा अभिनेत्री सनिशा भट्राई,अभिनेता राज कट्वाल,संचार सल्लाहकार श्रीधर पौडेल,कलाकार प्रकाश कुवर लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here