spot_img
Friday, December 27, 2024
Homeब्यानरयोग समितिको अध्यक्षमा पुन ः भट्टराई, एक दर्जन कोरोना बिरुद्धका योद्धा सम्मानित

योग समितिको अध्यक्षमा पुन ः भट्टराई, एक दर्जन कोरोना बिरुद्धका योद्धा सम्मानित

spot_img

योग समिति नेपालको अध्यक्षमा पुन ः योग गुरु गिरीराज भट्टराई चयन भएका छन । शनिबार नेपालगञ्जमा आयोजना गरिएको योग समिति नेपालको साधारणसभा तथा दोस्रो अधिवेशनबाट पुन भट्टराईको अध्यक्षमा सर्वसहमतिबाट १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

नव निर्वाचित कार्यसमिति उपाध्यक्षद्धयमा लोकमाया सुबेदी ९सुमित्रा० र जगदिश तिमल्सेना, सचिवमा निर्माला शाह, सहसचिवमा शालिकराम खनाल, कोषाध्यक्षमा अम्बिका कोईराला, सहकोषाध्यक्षमा मन्दरा शर्मा चयन भएका हुन ।

निर्वाचिन समिति संयोजक बिश्वजित तिवारीका अनुसार कार्यसमिति सदस्यहरुमा जया चन्द, शर्मिला शाह, सरिता सिंह, ज्योति प्रसाद पौडेल, झविलाल शर्मा र टंकनाथ पौडेले चयन भएका छन ।
यस्तै खिमानन्द अर्याल र चिरन्जीवि ज्ञवाली मनोनित सदस्यमा चयन भएका छन। निर्वाचन समितिमा तिवारीसंगै अरुण कुमार सिंह र मेघनाथ ढकाले जिम्मेवारी निभाएका थियो ।


यसैबीच अधिवेशनको उदघाटन शत्रमा बोल्दै बरिष्ठ आर्युवेद चिकित्सक बुद्धि प्रकासश रेग्मीले योग समिति बास्तविक रुपमा समस्यामा परेका र सहाराबिहिनलाई सहारा दिने काममा सक्रिय बन्नुपर्ने बताए ।

कोषका लागि पहिलो सहयोग रकम समाजसेवी निल बहादु शाक्यले दश हजार दिने घोषणा गर् । यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष एवं महासंघ बाँकेका पुर्व अध्यक्ष शुक्रऋषि चौलागाईले समितिले गर्दै आएको कार्यको सराहना गरे।

उद्घाटन शत्रमा समितिका सल्लाहकार समेत रहनुभएका नेपालगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, सल्लाहकार तथा जनता समाजवादी पार्टी बाँकेका उपाध्यक्ष राजन बहादुर रानामगर लगायतले बोलेका थिए ।

यसैगरी साधारणसभाको अवसरमा कोरोना बिरुद्धको योद्धाहरुलाई सम्मानित गरिएको छ । कोरोना महामारीका समयमा पनि समुदायस्तरमा जनचेतना फैलाउने योग समिति नेपालका कोरोना बिरुद्ध लागेका एक दर्जन व्यक्तिहरुलाई प्रमाण तथा दोसल्लामार्फत सम्मानित गरिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.