spot_img
Thursday, September 19, 2024
Homeबजारयी हुन् दुनियाका कुख्यात सुसाइड स्पट

यी हुन् दुनियाका कुख्यात सुसाइड स्पट

spot_img

विदा मनाउन तथा घुमघामका लागि जाने होलिडे स्पट वा पिकनिक खान जाने गन्तव्य अर्थात् पिकनिक स्पटका बारेमा त सुनिएकै हो । तर केही ठाउँहरु यस्ता हुन्छन् जहाँ मानिसहरु विदा मनाउन, घुम्न वा बनभोज खान होइन की आत्महत्या गर्न जान्छन् । त्यस्ता ठाउहरुलाई सुसाइड स्पट वा आत्महत्या गन्तव्य भन्न सकिन्छ ।

दुनियाका केही कुख्यात सुसाइड स्पट यी हुन्

कोलोराडो

अमेरिकाको क्यालिफोर्नियास्थित कोलोराडो स्ट्रिटमा बनेको १५ सय फिट लामो पुल सुसाइड ब्रिजको नामले चर्चित छ । १९१३ मा निर्मित यो पुलबाट अहिलेसम्म डेढ सय भन्दा बढिले आत्महत्या गरिसकेका छन् ।

मिहारा पहाड

जापानको इजु ओशिमा टापुस्थित ज्वालामुखी मिहारा पहाड पनि कुख्यात आत्महत्या स्पट हो । सन् १९३३ मा यो पहाडबाट हाम फालेर ९४४ जनाले आत्महत्या गरेका थिए । त्यसपछि यो पहाडमा गई आत्महत्या गर्नेको संख्या साढे ३ सय पुगिसकेको छ । घुम्ने बहानामा आएका कतिपय मानिसहरु निस्किरहेको ज्वालामुखीमा हाम फालेर आत्महत्या गर्ने गर्दछन् ।

बिची हेड

बेलायतको बिची हेडमा हरेक वर्ष २० जना मानिसले आत्महत्या गर्दछन् । यो इस्ट ससेक्स काउन्टीको इस्टबोर्न सहरमा अवस्थित छ । यहाँबाट मानिसहरु समुद्रमा हाम फालेर आत्महत्या गर्ने गर्दछन् । २०१३ मा मात्र प्रहरीले त्यहाँ २५२ जना मानिसलाई आत्महत्या गर्नबाट बँचाएको थियो ।

गोल्डेन गेड पुल

गोल्डेन गेट पुल स् अमेरिकाको गोल्डेन गेड पुल आत्महत्याका लागि कुख्यात ठाउँ हो । सन् १९३७ बाट संचालनमा आएको यो पुलबाट हाम फालेर अहिलेसम्म १६ सय जनाले आत्महत्या गरिसकेका छन् । सनफ्रान्सिस्को खाडीमाथि बनेको यो पुलमुनि समुद्रको तिव्र छाल उठिरहेको हुन्छ । त्यसकारण पुलबाट हाम फाल्ने व्यक्तिलाई उद्धार गर्ने सम्भावना पनि कम हुन्छ ।

नियाग्रा झरना

नियाग्रा झरना स् अमेरिकामा मे महिनाको मेमोरियल दिवसपछि हरेक वर्ष नियाग्रा फल्समा हाम फालेर आत्महत्या गर्नेको संख्या बढ्दै जान्छ र २० देखि २५ जनासम्मले आत्महत्या गर्दछन् । सन् १५६ देखि १९९५ सम्म त्यहाँ २७८० जनाले आत्महत्या गरेका थिए । नियाग्रा फल्समा अधिकांस आत्महत्या सोमबार बेलुकी ४ बजेतिर हुने गरेका छन् । आत्महत्या गर्नेमा ५९ प्रतिशत पुरुष र ४१ प्रतिशत महिला छन् ।

अनलाइनखबर

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here