spot_img
Monday, September 16, 2024
Homeबजारम.ब.क्याम्पस नेविसंघद्वारा सहायता कक्ष सञ्चालन

म.ब.क्याम्पस नेविसंघद्वारा सहायता कक्ष सञ्चालन

spot_img

नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पसद्वारा विद्यार्थी सहायता कक्ष सञ्चालन गरिएको छ । १२ कक्षा उत्तीर्ण गरेर उच्च शिक्षा अध्ययनको लागि क्याम्पसमा आउने विद्यार्थीको अन्यौलता र असहजतालाई मध्यनजर गरेर सहायता कक्ष सञ्चालन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि महेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लालमणि आचार्यले विद्यार्थीको सहजताका लागि सौहार्दरुपले जानकारी दिन यो कार्य कोशेढुङ्गा सावित हुने विश्वास ब्यक्त गरे । उनले सिङ्गो क्याम्पसको विकासका लागि विद्यार्थी संगठन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका सभाध्यक्ष विद्यार्थी नेता जीवनराज सुवेदीले नेपाल विद्यार्थी संघ सधैं विद्यार्थीको हित र भलाईमा रहेको भन्दै रचनात्मक कार्य र विद्यार्थीका समस्या समाधानार्थ नेविसंघ अग्रस्थानमा रहँदै आएको बताए । उनले विद्यार्थीले भोग्नु परेका अन्यौलता चिर्न र विद्यार्थीका समस्या समाधानका लागि क्याम्पस प्रशासन र विद्यार्थी संगठन तम्तयार रहनुपर्ने बताए ।

स्ववियु उपसभापति जीवन बहादुर शाहीले राजनीतिक ब्यवस्था परिवर्तनदेखि अवस्था परिवर्तनसम्म विद्यार्थी संगठन अग्रभागमा रहेको बताए । उनले अध्ययनलाई पहिलो प्राथमिकता दिन विद्यार्थीलाई आग्रह गरे । विद्यार्थी संठगनहरु सधैं हातेमालो गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।

विद्यार्थी नेता चन्द्रलाल जैसीले विद्यार्थी बर्ग भनेका सामाज र राष्ट्र परिवर्तन तथा सिङ्गो देशका मेरुदण्ड भएकाले बेलैमा सूचना पाउनु प्रत्येक नागरिकको अधिकार भएको बताए । दुर्गम सुदुरपश्चिम र कर्णालीबाट भर्खर १२ कक्षा उत्तीर्ण गरेर आएका विद्यार्थीलाई कुन बिषय पढ्न कति नम्बर चाहिन्छ, कुन बिषय पढेकाले स्नातकमा के पढ्न पाउँछन्, शुल्क कति लाग्छ, कति बर्ष पढ्नुपर्दछ लगायतका अन्यौलता चिर्न यसले निकै ठूलो सहयोग पुर्याउने बताए ।

उक्त कार्यक्रममा नेपाल विद्यार्थी संघका विभिन्न तहतप्कामा रहेर काम गरेका विद्यार्थी, नेपाल विद्यार्थी संघमा आस्थावान विद्यार्थी, प्राध्यापकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नेविसंघ बाँके जिल्ला सदस्य प्रकाश कुँवरले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here