बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका उपमेयर उमा थापा मगरले मेलमिलाप प्रक्रियामा सबेको समन्वय महत्वपुर्ण हुने बताइकी छन । उपमेयर थापाले नेपालगंज उपमहानगरपालिकामा सुचिकृत रहेको मेलमिलापकर्ताको क्षमता अभिबृद्धि तथा अनुभव आदान प्रदान सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गदै सो कुरा बताइकी हुन ।कार्यशालाको उद््घाटन सत्रलाई सम्बोधन गर्दै उपमेयर थापाले वडा स्तरमा मेलमिलाप समितिमा मेलमिलापकर्ता सक्रिय हुदै वडाका जनप्रतिनिधि विच समन्वय हुनु पर्ने बताईन ।उपमेयर थापाले भनिन,“मेलमिलापलाई सक्रिय बनाउनका लागि मेलमिलाप समिति सक्रिय,संस्थागत गर्ने तथा त्यसलाई भुमिका दिने कुरामा उपमहानगरपालिका विश्वस्त रहेको छ ।”यसैगरी नेपालगंज उपमहानगरपालिका समुदायिक मेलमिलाप नगर स्तरी समितिका संयोजक शिव कुमार वर्माले स्वागत मन्तव्य राखेका थिए । स्वागत मन्तव्य राख्दै संयोजक वर्माले नगर भित्र रहेको सबै जसो वडाहरुमा छिटै नै वडा स्तरीय मेलमिलाप समितिको कार्यालय स्थापना गर्ने बताए । उनले भने,“नगरका २३ वटा वडाहरु मध्ये ११ वटा वडामा समितिको कार्यालय स्थापना गरी सकेको छ अब बाँकीमा पनि छिटै स्थापना गर्नेछौ ।”यसैगरी कार्याशाला गोष्ठीलाई आर्थिक सहयोग गर्दै आएको सुशासनका लागि क्षमता विकास परियोजनाका लुम्बिनी प्रदेश संयोजक निराज सुवेदीले कार्यक्रम माथि प्रकाश पारका थिए । संयोजक सुवेदीले भने,“यस्ता प्रकारका कार्यक्रमहरु सबैको पहुचका लागि गरीएको हो ,यसले मेलमिलाप कर्ताहरुलाई अझै स्पष्टता प्रदान गर्नेछ ।” उद्घाटन सत्रको अतिथिमा नेपालगंज उपमहानगरपालिका वडा नं.२ का वडा अध्यक्ष सुनिल सिंह हमाल,वडा नं.१२ का वडा अध्यक्ष बुद्धि सागर सुवेदी,न्यायिक समिति सदस्य देउमल सुनार,पुष्पा भट्टराई ,प्रशासन महासाखा प्रमुख राजन केसी,कानुन शाखा प्रमुख माया शर्मा लगायतको उपस्थित रहेको थियो भने उद्घाटन सत्रको सहजीकरण नेपालगंज उपमहानगरपालिका नगर स्तरीय सामुदायिक मेलमिलाप समितिका सचिव मधु पौडेलले गरेको थियौ। कार्याशाला गोष्ठ मंगल र बुधबार सम्म रहने छ ।