spot_img
Sunday, September 8, 2024
Homeब्यानरमेलमिलापको बाटोमा झनै क्रियाशिल बन्दै नेपालञ्ज उपमहानगरपालिका

मेलमिलापको बाटोमा झनै क्रियाशिल बन्दै नेपालञ्ज उपमहानगरपालिका

spot_img


बाँके जिल्लामा आठ ओटा स्थानिय तहरु रहेको छन जस मध्ये नेपालगंज उपमहानगरपालिकाले मेलमिलापको क्षेत्रमा झनै क्रियाशिल बन्दै गएको पाइएको छ । नगरभित्र रहेको २३ वटै वडाहरुमा मेलमिलाप कर्ताहरुको चयन तथा उनीहरुलाई तालिम लगायतका कुराहरु गरी सकेको उपमहानगरपालिकाले पछिल्लो समय मेलमिलाप सम्बन्धी कार्यविधि समेत पास गरी सकेको छ । मेलामिलापलाई समाजमा हुने विभिन्न प्रकारका द्धन्द्धहरुको पहिलो समाधानको बाटोको रुपमा लिएको नगरपालिकाले नगर स्तरीय मेलामिलापकर्ता समिति समेत गठन गरेर अघि बढेको नेपालगंज उपमहानगरपालिका उपमेयर तथा न्यायिक समिति अध्यक्ष उमा थापा मगरले बताउनु भयो । उपमेयर थापाले बुधबार मेलामिलाकर्ताहरुसंगको वैठकमा मेलामिलापका लागि आवश्यक पर्ने सामाग्रीहरु समेत वडाहरुमा उपलब्ध गराउने बताउनु भयो ।।वडामा मेलमिलाप गराउँदा विभिन्न समस्याहरु आई पर्ने भन्दै ती समस्याहको समधानका लागि नगरपालिका सधै तयार रहेको पनि उपमेयर थापाले सहभागि समक्ष राख्नु भएको थियो । न्यायिक समिति अध्यक्ष तथा उपमेयर थापाको अध्यक्षतामा बसेको बैठकमा न्यायिक समिति सदस्य पुष्पा भट्टराई लगायत नेपालगंज उपमहानगरपालिका अन्तर्गत रहेको मेलामिलापकार्ताहरुको सहभागीता रहेको थियो

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here