spot_img
Friday, December 5, 2025
Homeखेलकुदमेयर कप व्याडमिन्टन प्रतियोगिता शुक्रबार देखी सुरु

मेयर कप व्याडमिन्टन प्रतियोगिता शुक्रबार देखी सुरु

spot_img

नेपालगन्जमा शुक्रबार प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा पुर्ब खेलाडी समाज बाँकेद्वारा नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा आयोजित प्रतियोगिताको शुक्रबार नेपालगन्जका मेयर प्रशान्त बिष्टले पानसमा दीप प्रज्ज्वलन गरि गरे ।
प्रतियोगिताको उद्घाटन गर्दै मेयर बिष्टले नेपालगन्जको खेल क्षेत्रको बिकासमा पालिका सधैं साथमा रहेको बताए। राष्ट्रिय र अन्तरराष्ट्रीय स्तरमा नेपालको शिर उचो पार्ने माध्यम खेल नै भएको जिकीर गर्दै मेयर बिष्टले खेलकुदको बिकासमा गैर सरकारी र निजी क्षेत्रले पनि हातेमालो गर्नु पर्ने बताए। खेलाडी उत्पादन गर्ने प्रमुख थलो बिद्यालय भएकोले विद्यालय स्तरबाटै खेलकुदमा लगानी लगाउन आफ्नो पालिकाले प्रयास गरिरहेको उनको भनाई थियो। समाजका कार्यबाहक अध्यक्ष निजामुद्दिन सिद्दीकीले खेलकुदमा योगदान दिएका पुर्ब खेलाडीलाई एकीकृत गर्दै खेलक्षेत्रको सम्बर्द्धन र बिकास गर्ने उद्देश्यले गतबर्ष पौषमा पुर्ब खेलाडी समाज बाँके गठन गरिएको जानकारी दिए। उनले आगामी दिनमा समाजले आफ्ना कार्यक्रम थप क्रियाशिल बनाउदै लैजाने प्रतिबद्धता समेत जनाए । प्रतियोगितामा ब्वाईज अण्डर( ईभेन्टतर्फ ३७ जना र मेन्स डबल्सतर्फ ३२ वटा टीमको सहभागिता रहेको प्राबिधिक प्रमुख जयन्त कुमार श्रेष्ठले जानकारी दिए। उनले शुक्रबार बेलुकासम्म क्वार्टर फाईनलका सम्पुर्ण खेलहरु सम्पन्न हुने तथा सेमिफाईनल र फाईनल खेल शनिबार हुने बताए।
यस्तै नेपालगन्जमा जारी प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको सेमीफाईनल समिकरण पुरा भएको छ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा पुर्ब खेलाडी समाज बाँकेद्वारा नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा आयोजित प्रतियोगिताको शुक्रबार भएको मेन्स डबल बी लेभलतर्फ पहिलो क्वार्टरफाईनलमा राकेश साउद र चन्द्र कलेलको जोडीले रबि सिग्देल र पवन पुनको जोडीलाई, अर्जुन बुढा र बिरेन्द्र श्रीषको जोडीले अभयलाल श्रेष्ठ र शिवराम चौधरीको जोडीलाई, ओम चालिसे र कृष्ण रानाको जोडीले बम बहादुर पुन र सन्तोष शाही र दिपक शाही र दिपक बनको जोडीले जनक सिंह थापा र शाहिल शेखको जोडीलाई पराजित गर्दै सेमीफाईनलमा प्रबेश गरे । त्यस्तै ब्वाईज सिङल ग्(ज्ञछ तर्फ आर्यन रानाले झलक भण्डारीलाई, अभय राजबंशीले युवराज सिंह ठकुरीलाई, संस्कार केसीले दिवश मल्ललाई र सुयोग्य श्रेष्ठले दिवाकर शर्मालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भए ।सेमिफाइनल खेल शनिबार बिहान ८ बजेदेखि शुरु हुने प्राबिधिक प्रमुख जयन्त कुमार श्रेष्ठले जानकारी दिए।प्रतियोगितामा ब्वाईज अण्डर(ज्ञछ ईभेन्टतर्फ ३७ जना र मेन्स डबल्सतर्फ ३२ वटा टीमको सहभागिता रहेको छ । अण्डर(ज्ञछ तर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशस् नगद १० हजार, ५ हजार र २५/२५ सय प्राप्त गर्ने त्यसै गरि मेन्स डबल्सतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशस् नगद २० हजार, १० हजार र ५र५ हजार प्राप्त गर्ने महासचिव जयन्त शर्माले जानकारी दिए।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here