मिथिला मध्यमा परिक्रमाका श्रद्धालु भक्तजनहरूको सुविधाका लागि नेपाल-भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपाल, धनुषा को संयुक्त आयोजनामा सञ्चालन भइरहेको हेल्पडेस्क सोमबार मठियानीमा सञ्चालन भयो।
कार्यक्रममा संस्थाका अध्यक्ष डा राजीव झा सहित कार्यक्रम संयोजक दिपक यादव, रास्ट्रीय मुक्ति पार्टी का नेता बिनोद कुमार ठाकुर,क्लोथ बैंक नेपालका धनेश्वर ठाकुर, कृष्ण कुमार साह र खुला सिमा संवाद समुहका मधुवनी प्रतिनिधि बिपिन झा को प्रमुख उपस्थिति रहेको थियो।
आज मध्यान्ह १२ बजे देखि सञ्चालन भएको शिविरमा २,००० भन्दा बढी श्रद्धालुहरूले औषधि लिएका छन्, भने ३०० भन्दा बढी हराएका व्यक्तिहरूको खोजतलासका लागि माइकिङ गरिएको छ। साथै, पानी,चाय वितरण र व्यवस्थित यात्राका लागि सयौं तीर्थयात्रीहरूलाई काउन्सिलिङ गरेको हेल्पडेस्कका संयोजक दिपक यादव ले जानकारी गराए। नेपाल भारतको एतिहासिक र पौराणिक समबन्ध परिक्रमा को महत्व तथा खुला सिमा को अपरिहार्यता र अनिवार्यता माथी नेपाल भारत खुला सिमा संवाद समुहका अध्यक्ष डा राजीव झाले प्रकाश परेका थिए।
हेल्पडेस्कको यो सेवा परिक्रमाका क्रममा अन्य बासाहरु मडै,ध्रुबकुण्ड,कंचनबन,पर्बता,धनुषाधाम,औरही लगायतका स्थानहरुमा पनि निरन्तर जारी रहने सहभागी धनेश्वर ठाकुरले बताएका छन्।
00