spot_img
Monday, September 16, 2024
Homeबजारमानसरोबर बिषेश साँझका साथमा होटल मानसरोबर होम तथा रेष्टुरेन्ट

मानसरोबर बिषेश साँझका साथमा होटल मानसरोबर होम तथा रेष्टुरेन्ट

spot_img

बाँकेमा धेरै जसो होटलहरु बन्द हुने अवस्थामा भएता पनि केही नयाँ होटलहरुले विभिन्न कार्यक्रम बनाउदै होटललाई स्थापित गर्न खोजि रहेको पाइन्छ ।सोही क्रममा बाँकेको नेपलागंज उपमहानगरपालिका–४ मा रहेको होटल मानसरोबर होम एण्ड रेष्टुरेन्टले मानसरोबार बिषेश साँझ संचालनमा ल्याएको छ । फरक खालको व्यवस्थापनसँगै नेपालगञ्जमा अतिथिलाई दैनिक बिषेश प्रस्तुतिका साथ मनोरञ्जन गर्ने उद्देश्यले होटेल मानसरोबर होम एण्ड रेष्टुरेन्टले ‘मानसरोबर बिषेश साँझ’ संचालनमा ल्याएको हो । होटेल मानसरोबर होमले मानरोबर बिषेश साझ संगै अतिथिलाई बिभिन्न कार्यक्रम तथा प्रस्तुतिका साथ मनोरञ्जन गर्ने उद्देश्यले मानसरोबर बिषेश साँझ संचालनमा ल्याएको संचालक समितिले जनाकारी गराएको छ ।आषिश मल्ल ठकुरी र टोपेन्द्र वलीको संयुक्त लगानी रहेको मानसरोबर बिषेश साँझ सोमबार ‘भ्यालेन्टाईन डे’ अर्थात प्रणय दिवसको अवसरमा उद्धघाटन गरिएको हो । कार्यक्रमको प्राविधिक मानोरञ्जन समुहमा हारमुनियम तर्फ बलु तामाङ, मादल तर्फ सुरेश गन्दर्भ, अक्ट्रयाक तर्फ ठग्गा चौधरी रहेका छन । त्यस्तै, गायक छवि डागी, गायक कल बहादुर, बपाल मगर, गायिका राधिका हमालले सोमबार भ्यालेन्टाईन साँझ तथा उद्धघाटन समारोहलाई भब्य प्रस्तुतिका साथ मनोरञ्जनमय बनाएका थिए । प्रमुख अतिथि बरिष्ठ सञ्चारकर्मी तथा बरिष्ठ गायक कमल बिक निर्मोहीले होटेल मानसरोबर होम एण्ड रेष्टुरेन्टले संचालनमा ल्याएको ‘मानसरोबर बिषेश साँझ’ कलाकारहरुका लागि एउटा प्लेटफर्म समेत रहेको बताएका छन । लुकेको कला उजागर गर्न र आफनो प्रस्तुतिलाई बाहिर ल्यान सहयोग समेत पुर्‍याउने विश्वास लिएका छन । संचालक समिति अनुसार अब दैनिक रुपमा मनोरञ्जन गरेर अतिथिको साँझ बिषेश बनाईनेछ । साता दिनमा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहेनुका साथै बिषेश कार्यक्रम आयोजना गरिने बताईएको छ । कालीजको मासु, लोकल कुखुरा, नदीको माछा, बटाईको मासु लगायतका आर्गेनिक परिकारहरु मानसरोबरको विशेषता रहेको छ । होटल संचालक मल्ल ठकुरी अनुसार तीन वर्ष अगाडी ३५ वटा रुम, एउटा हल, रेष्टुरेन्टका साथ संचालनमा ल्याईएको उक्त होटल कोभिड संक्रमणका कारण पछाडी परेको थियो । केही दिन अगाडी मानसरोबर बिशेष साँझको सम्पूणर् तयारी पुरा भईसक्दा पनि कोभिडका कारण पुन प्रभावित हुन पुगेको थियो । तर अब सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सबै क्षेत्र खोल्न अनुमति दिए लग्त्तै संचालनमा ल्याईएको बताए । अब दैनिक स्पेशल प्रोग्रामका साथ संचालन हुने बताइएको छ । कार्यक्रममा मधुर खबरका मधु पौडेल, सत्यम खबरका राज त्रिपाठी, लोकप्रिय दैनिकका दिनेश ठाकुर, नाईल खबर फोटोग्राफीका अजय पाठक, नाईल खबरकी संध्या शर्मा लगायतको उपस्तिथि रहेको थियो भने जन्मदिन मनाउन आएका नरायण बिसी र उनी पत्नी ललिता डिसिले रिबन काटेर मानसरोबर बिषेश साँझको उद्धघाटन गर्न बिषेश अवसर प्राप्त गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here