spot_img
Tuesday, December 10, 2024
Homeबजारमानव–वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि विद्यालय सम्वाद

मानव–वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि विद्यालय सम्वाद

spot_img

मानव र वन्यजन्तुबीचको बढ्दो द्वन्द न्यूनीकरण गर्न विद्यालय तहबाटै सचेतना अभियान थाल्नुपर्ने आवाज उठ्दैछ । राप्ती सोनारी गाउँपालिका–२ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा आयोजित ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि विद्यालय सम्वाद’ कार्यक्रममा सहभागी शिक्षक, अभिभावक र स्थानीय सरोकारवालाहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मण प्रसाद आचार्यले बाँके राष्ट्रिय निकुञ्ज नजिकै रहेको र विद्यार्थीहरू विद्यालय बाहेकको समयमा घाँसदाउराका लागि जंगल जानुपर्ने बाध्यताका कारण वन्यजन्तुको जोखिममा पर्ने गरेको बताए । “विद्यार्थी र उनीहरुको परिवारलाई वन्यजन्तुसँग सुरक्षित रहने तरिकाका बारेमा कुनै जानकारी छैन र यदि क्षति भएमा राहत माग्ने प्रक्रियाबारे समेत अनभिज्ञ छन् । यसकारण विद्यालयबाटै सचेतनामूलक कार्यक्रम थाल्न आवश्यक छ,” प्रधानध्यापक आचार्यले भने ।
गत असोज महिनामा गोबारपुर टोलकी एक महिलालाई हात्तीले आक्रमण गर्दा गम्भीर घाइते बनाएको घटनालाई स्मरण गर्दै स्थानीय अभिभावक कमला बिष्टले निकुञ्ज प्रभावित क्षेत्रका सीमान्तकृत समुदायले अझै पर्याप्त राहत र वातावरणीय न्याय नपाएको गुनासो पोखे ।
समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले आयोजना गरेको यो सम्वाद कार्यक्रम युएसएडको सहयोगमा द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सिमान्तकृत समुदायको सबलीकरण’ अभियान मार्फत आयोजित गरिएको थियो ।
कार्यक्रममा सहजीकरण गर्दै सीसीएनका कार्यक्रम संयोजक भिम बहादुर सार्कीले वन्यजन्तुबाट हुने क्षति, राहत प्रक्रियाहरू, र वन्यजन्तु प्रभावितहरूको लागि बनेका नीतिहरूका विषयमा सहभागीहरूसँग छलफल गरे । उनले मानव–वन्यजन्तु द्वन्द न्यूनीकरणका उपायहरूबारे पनि जानकारी दिए।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–अभिभावक संघका प्रतिनिधि, र शिक्षा शाखाका अधिकारीहरूले विद्यालय र समुदायका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका छन् ।
सीसीएनका उपाध्यक्ष राम प्रसाद आचार्यले विद्यालय सम्वादले वातावरणीय न्याय र मानव–वन्यजन्तु द्वन्दका विषयमा स्थानीय तहका सरोकारवालाबीचको सहकार्यलाई बलियो बनाउने विश्वास व्यक्त गरे । उनलेयो अभियानले विद्यालयमा वातावरणीय न्याय सम्बन्धी पाठ्यक्रम विकासको सुरुवात गर्न प्रेरणा दिने अपेक्षा समेत व्यक्त गरे ।
विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ र शिक्षा शाखाका प्रतिनिधिसहित ४२ जनाको सहभागितामा सम्पन्न यो सम्वादले मानव–वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि विद्यालय र समुदायको भूमिकालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.