spot_img
Sunday, September 22, 2024
Homeब्यानरमानव अधिकार एलाईन्सको २३ औ स्थापना दिवस बाँकेमा सम्पन्न

मानव अधिकार एलाईन्सको २३ औ स्थापना दिवस बाँकेमा सम्पन्न

spot_img

विभिन्न विषयमा छलफल गर्दै मानवअधिकार एलाईन्स जिल्ला कार्यसमिति बाँकेको २३औ स्थापना दिवस बुधबार बाँकेको नेपालगंजमा सम्पन्न भएको छ ।राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल(मानव अधिकार एलाईन्स)को स्थापना दिवसको अवसरमा मानव अधिकारको संरक्षण तथा सम्बद्र्धनमा राज्यको दायित्व र मानव अधिकार रक्षकको भुमिकाका अन्तरक्रिया समेत गरीएको थियो । एलाईन्सका अध्यक्ष बसन्त गौतमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहभागि वक्ताहरुले विभिन्न तर्क सहित आफ्ना शुभकामनाहरु व्यक्त गरेका थिए ।मानव अधिकार एलाईन्सको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा एलाईन्सको स्थापनाको उदेश्य तथा प्रक्रिया,मानव अधिकार मात्रै नभएर पशुअधिकारका विषय,बाँके जिल्लाको सामुदायिक अवस्था जसले मानवअधिकरको विषयमा छुटै अर्थ राखेको पाइन्छ,यसैगरी पेशागत कर्मलाई मानवअधिकारसंग हेरर व्यवहार गर्ने,बाँकेमा मानवअधिकारका लागि अनुगमन गर्नु पर्ने विषयमा छलफलमा भएको थियो ।स्थापना दिवसमा मानवअधिकारका क्षेत्रमा क्रियाशिल रहदै आएका मानव अधिकार एलाईन्सका पुर्व अध्यक्षद्धय सुरेश कुमार गौतम र प्रभात ठकुरीलाई सम्मानपत्र सहित सम्मान गरीएको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक जिल्ला प्रशासन अधिकारी टोपेन्द्र बहादुर केसी,मानव अधिकार आयोग बाँकेका प्रमुख झंकर बहादुर रावल,गैरसरकारी महासंघ केन्द्रिय सदस्य नमस्कार शाह,नगर स्तरीय सामुदायिक मेलमिलाप समिति उपसंयोजक उषा गौतम,सुचना र अनुसन्धान केन्द्र बाँके अध्यक्ष विश्वजित तिवारी,वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ,इन्सेक बाँकेका भोला महत,अभिवक्ता प्रर्लाद बहादुर कार्की,पत्रकार मधु पौडेल,निशु जोशी लगायतले शुभकामना व्यक्त गरेको थिए भने कार्यक्रमको सहजीकरण एलायन्सका सचिव राम सोहन सोनकरले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here