spot_img
Thursday, November 21, 2024
Homeबजारमानवसेवा आश्रममा तरुणदल बाँकेले मनायो स्थापना दिवस

मानवसेवा आश्रममा तरुणदल बाँकेले मनायो स्थापना दिवस

spot_img

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल बाँकेले शनिबार आफ्नो स्थापनाको ७२औँ स्थापना दिवस मानवसेवा आश्रममा मनाएको छ ।संगठनको स्थापना दिवसको अवसरमा नेपाल तरुण दल बाँकेले नेपालगन्ज स्थित मानव सेवा आश्रममा खाद्यान्न सहित नगद हस्तान्तरण गरेको छ ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य कृष्ण किशोर घिमिरे,जिल्ला सभापति नारायणप्रसाद गौडेल,उपसभापति गोपाल प्रसाद अधिकारी,सहसचिव रनु ठाकुर,नेपाली कांग्रेस क्षेत्रिय न २ क्षेत्रिय सभापति रमेश गुप्ता,लोकतान्त्रिक खेलकुद संघका प्रदेश संयोजक नरेन्द्र थापा,नेपाल तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाह,सचिव बिनोद रिजाल,काँग्रेस नेपालगन्ज नगर कार्यबहाक सभापति धनराज बर्मा,तरुणदल उपमहानगर सभापति सन्दिपजङ्ग शाह लगाएतको उपस्थितिमा मानव सेवा आश्रममा खाद्यान्न उपलब्ध गराईएको थियो ।

तरुणदल उपमहानगर सभापति शाहले नगद रु।११ हजार र राप्ति सोनारी गाउपालिकाका तरुण युवा समिर विष्टले रु ७हजार नगद समेत हस्तान्तरण गरेका छन् ।


वि.सं.२०१० कात्तिक १० गते कांग्रेसका तत्कालीन सभापति बीपी कोइरालाको मूल प्रेरणामा स्थापना भएको तरुण दलको संस्थापक अध्यक्षमा सिंहध्वज खड्का थिए । वि .सं. २०१७ पुस १ गते तत्कालीन प्रधानमन्त्री बीपीले तरुण दलको कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राजा महेन्द्रले सेनाको बलमा प्रधानमन्त्री बीपीलगायत सबै नेतालाई थुनेर ‘कु’गरेका थिए ।
वि.सं.२०५४ मा नेपालगञ्जमा भएको कांग्रेसको महासमिति भेलामा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गरेका थिए । नेपाल तरुण दल बाँकेले शनिबार साँझ बी.पी.चौकमा दिप प्रज्वलन कार्यक्रमको समेत आयोजना गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here