spot_img
Thursday, September 19, 2024
Homeब्यानरमाओवादी केन्द्र लुम्बिनीको २१७ सदस्यीय समिति बन्यो, बाँकेबाट १८ जना निर्वाचित, अध्यक्षमा...

माओवादी केन्द्र लुम्बिनीको २१७ सदस्यीय समिति बन्यो, बाँकेबाट १८ जना निर्वाचित, अध्यक्षमा दुई जनाको दावी

spot_img

माओवादी केन्द्र लुम्बिनीको २१७ सदस्यीय समिति बन्यो, बाँकेबाट १८ जना निर्वाचित, अध्यक्षमा दुई जनाको दावी
नेकमा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिमा २१७ जना सदस्य निर्बिरोध निर्वाचित भएका छन् । प्रदेश राजधानी देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा भएको प्रदेश सम्मेलनको बन्दसत्रबाट २१७ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको हो ।

प्रदेश समितिको बैठकले पदाधिकारी टुंगो लगाउने बताइएको छ । अध्यक्ष एक, उपाध्यक्ष तीन, सचिब एक, उपसचिव ३ र कोषाध्यक्ष १ गरी ९ सदस्यीय पदाधिकारी बन्नेछ ।पार्टी स्रोतका अनुसार, अध्यक्षमा दुईजनाको दावेदारी रहेको छ । बाँकेका आइपी खरेल र गुल्मीका सुदर्शन बरालको अध्यक्षमा दावी रहेको स्रोतले बताएको छ । खरेल लुम्बिनी प्रदेश सभा सदस्य तथा माओवादी केन्द्र बाँकेका संयोजक हुन । उनि लामो समयदेखि पार्टी भित्र लामो इतिहास बोकेका र पुराना पाका नेता मानिन्छन् । उनी २०३५ सालदेखि चौम हुँदै राजनीतिमा सक्रिय रहदै आएका छन । त्यसैगरी बराल शंकर पोखरेल मुख्यमन्त्री रहँदा स्वास्थ्य मन्त्री रहेका थिए । उनि माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका कार्यालय सदस्य समेत हुन ।

यी हुन बाँकेबाट निर्वाचित १८ जना सदस्य

प्रदेश समितिमा बाँकेबाट १८ जना सदस्य निर्वाचित भएको बाँके संयोजक आइपी खरेलले जानकारी दिए ।खरेलका अनुसार, आइपी खरेल, अकल बहादुर बम, नरेन्द्र पाण्डे, डम्बर बि क, नरेन्द्र न्यौपाने, गेहेन्द्र रिजाल (नविन शर्मा), डिल्ली प्रसाद बराल, दिपेन्द्र शाह, अन्जना चौधरी, तुलराज बिष्ट, रेनुका खड्का, मिना चनारा, मन्जु रोकाय, सब्बीर खाँ, रक्षाराम बर्मा, कमला न्यौपाने, जगदीश बहादुर सिंह र अमर खड्का रहेका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here