spot_img
Monday, September 16, 2024
Homeब्यानरमाओवादी केन्द्र र जसपाको नेपालगंज गठबन्धनको निर्णयमा असमती

माओवादी केन्द्र र जसपाको नेपालगंज गठबन्धनको निर्णयमा असमती

spot_img

पाँच दलिय गठबन्धनले नेपालगन्ज उपमहानगरपालिकामा उपप्रमुख दिएपछि जनता समाजवादी पार्टी(जसपा)ले त्यसलाई अस्वीकार गरेको छ । गठबन्धनले बुधबार नेपालगन्ज उपमहानगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा जसपालाई दिनेगरी भागबण्डा मिलाएको थियो । तर, उक्त भागबण्डाप्रति जसपा बाँकेका नेताले असहमती जनाएका हुन् ।
उक्त दलले नेपालगन्जको प्रमुख र उपप्रमुखमा उम्मेदवार खडा गरी छुट्टै प्रचार प्रसार थालेको थियो । जसपा नेपालगन्ज उपमहानगर अध्यक्ष सर्बनकुमार यादवले पाँच दलिय गठबन्धनको निर्णयलाई जसपा नेपालगन्ज उपमहानगरपालिका समिति स्वीकार नगर्ने बताएका छन् । निर्णय नसच्याए पार्टीकै दुर्भाग्य हुने उनको चेतावनी छ ।यस्तै जसपाका केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका बाँके क्षेत्र नम्बर २ का सांसद मो. ईस्तियाक राईले केन्द्रको निर्णय नेपालगन्जमा लागु नहुने बताएका छन् । यस्तै पाँच दलीय सत्ता गठबन्धनले नेपालगन्ज उपमहानगरपालिकामा भागबण्डामा टुंगो लगाएपछि नेकपा (माओबादी केन्द्र) पनि असन्तुष्ट बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सम्पन्न बैठकले भागबण्डामा टुंगो लगाएको थियो ।
पाँच दलीय गठबन्धनले गरेको उक्त निर्णयप्रति नेकपा माओबादी केन्द्र नेपालगन्ज उपमहानगर समितिले बुधबार असहमती जनाएको हो । केन्द्रीय गठबन्धन कार्यदलले गरेको निर्णय आफुहरुका लागि अब्यवहारिक र अपमानजनक भएकोले मैत्रीपूर्ण एकल प्रतिस्पर्धा गर्ने वातावरण सृजना गर्न माओबादी केन्द्र नेपालगन्जले माग गरेको छ ।
अन्यथा पार्टी आन्दोलन र जनताप्रति घोर अन्याय हुने चेतावनी दिएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओबादी केन्द्रको ४ वटा वडा अध्यक्षसहित सम्मानजनक तेस्रो स्थान रहेको र पछिल्लो समयमा पार्टीको संगठनको बलियो उपस्थिती रहेको माओबादी केन्द्रले उल्लेख गरेको छ । माओबादी केन्द्र नेपालगन्ज उपमहानगर अध्यक्ष रतन शाही र सचिव प्रेमबहादुर शाहले प्रेस विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here