spot_img
Monday, January 20, 2025
Homeब्यानरमाइती नेपालद्धारा मानव बेचविखन सम्बन्धी बार्षिक समीक्षा योजना बैठक सम्पन्न

माइती नेपालद्धारा मानव बेचविखन सम्बन्धी बार्षिक समीक्षा योजना बैठक सम्पन्न

spot_img

माइती नेपालद्धारा गठित स्थानीय मानव बेचविखन नियन्त्रण समितिको दुई दिने बार्षिक समीक्षा योजना बैठक विहिबार कपिलवस्तु जिल्लाको कृष्ण नगर नगरपालिकामा सम्पन्न भएको छ । कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो सम्मान परियोजना अन्र्तगत माइती नेपालको आयोजनामा सम्पन्न बैठकको अध्यक्षता कृष्ण नगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र राम चौधरी गरेका थिए ।बैठकमा मानव बेचविखनका कारण,मानव बेचविखन बाट हुने असर,मानव बेचविखन नियन्त्रणका उपाय,मान बेचविखन विरुद्ध माइती नेपालले गरेको पहल,उद्धार एवं पुनरागमन प्रक्रिया,बालश्रम,कार्यस्थलमा हुने सक्ने यौन दुव्र्यवहार,सेवा स्तरमा हुने यौन शोषणका लगायतका विषयमा माइती नेपाल रुपन्देही तथा कपिलवस्तु जिल्ला कार्यक्रम संयोजक माया क्षेत्रीले प्रकाश पारेकी थिइन ।बैठकमा नगरका विभिन्न वडाका स्थानिय जनप्रतिनिधिहरुले आफ्ना वडामा मानव वेचविखन नियन्त्रणका लागि बनाएका योजनाबारे प्रकाश पारेका थिए ।कार्यक्रममा हाम्रो परियोना कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तव,कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्याय लगायत सम्पूर्ण वडाका वडाध्यक्ष हरू वडा सचिवहरूकर्मचारी, मानव बेचविखन नियन्त्रण नगर स्तरीय कमिटीका सदस्यहरू उपस्थित थियो .

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.