प्रादेशिक महोत्सव २०८१ को रौनक दिनानुदिन बढ्दो छ । सुरुका दिनदेखि नै दर्शकहरुको राम्रो साथ पाइरहेको महोत्सवको १० औं दिन पनि भब्यताका साथ सम्पन्न भएको छ ।
महोत्सव प्र्राङ्गढमा दर्शकहरूको भीँडले भरिएको थियो । शनिबार विदाको दिन महोत्सवका स्टलहरुमा पनि दर्शकहरुको घुइँचो थियो ।
लोकप्रिय गायक प्रकाश दुतराज, गायिका रचना रिमाल र चर्चित डान्सर अञ्जली अधिकारीले बेजोड प्रस्तुति दिएका थिए। राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिमा दर्शकहरु निकै रमाएका थिए।
महोत्सवको ११ औं दिन भोलि आइतबार लोकप्रिय गायक खुमन अधिकारी, गायिका रेश्मा पुन, गायक दोशरण चौधरी, डान्सर अस्मिता पुरी लगायतका कलाकारहरुको महोत्सवमा प्रस्तुति रहने नेपाल उद्योग वाणिज्य संघका कोषाध्यष तथा महोत्सवमा सांस्कृतिक उपसमितिका संयोजक मख्खन धामीले जानकारी दिए ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस