नेपालगंजमा महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मंगलबारबाट सुरु भएको छ । महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा लागेको आठौ लुम्बिनी प्रदेश स्तरीय प्रदेशनीमा लुम्बिनी ,कर्णाली र सुदुरपश्चिमका विभिन्न जिल्लाबाट महिला उद्यमीहरुको उत्पादनहरु राखिएको छन । नेपालगंजको बागेश्वरी मन्दिरको प्राँगणमा लागेको मेलाको नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले उद्घाटन गरेको थिए ।प्रदर्शनीले स्थानीयन उत्पादन प्रर्वद्धन गर्न मेला फलदायी विश्वास गरेको व्यक्त गरे । उनले महिलाले उत्पादन गरेको सिप र उद्यमशीलतालाई प्रोत्साहनका लागि नेपालगंज उपमहानगरपालिकाले निरन्तर रुपमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । स्थानिय उत्पान र महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरणमा प्रदर्शनीले सहयोग पुग्ने आयोजकको अपेक्षा छ । खासगरी लुम्बिनी ,कर्णाली र सुदुरपश्चिमका विभिन्न जिल्लाका महिला उद्यमीहरुको उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्यले मेलाको आयोजना गरीएको महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा पोख्रले बस्नेतले बताईन । पुस २४ गते देखि २८ गते सम्म संचालन हुने प्रदर्शनीमा यस पटक पश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट महिला उद्यमीहरुको उत्पादनहरु राखिएको अध्यक्ष बस्नेतले जानकारी दिईन । प्रदर्शनीमा स्थानिय स्तरमा महिला उद्यमीले संचालन गरेका उद्योगबाट उत्पादित कृषि उत्पादन ,कपडाहरु,खाद्यान्न तथा परिकार,हस्तकलाका सामाग्री ,काठबाट बनेका वस्तुहरु ,पत्थरबाट बनेका गरगहना ,लत्ताकपडा,कम्पोष्ट मल,होमस्टे प्रवद्धधन स्टल लगायका सामाग्रीहरुका ६५ वटा भन्दा बढि स्टलहरु राखिएका छन ।
हामीसँग जोडिनुहोस्
सिफारिस