spot_img
Monday, September 16, 2024
Homeब्यानरमहिलाहरुमा किन बढ्दैछ कपाल झर्ने समस्या ?

महिलाहरुमा किन बढ्दैछ कपाल झर्ने समस्या ?

spot_img

अहिले कपाल झर्ने एउटा साझा समस्या बनेको छ । विभिन्न कारणले पछिल्लो समय पुरुषको मात्रै नभएर महिलाहरुमा समेत कपाल झर्ने समस्या बढ्दै गएको देखिन्छ ।
पुरुषमध्ये पनि आधाभन्दा धेरैमा यस्तो समस्या देखिएको चिकित्सक बताउँछन् । महिलाहरुमा यो समस्या कम भएपनि अस्वस्थ जीवनशैली र खानपानका कारण पछिल्लो समय कपाल झर्ने समस्या बढ्दै गएको छ ।
छाला तथा यौनरोग विशेषज्ञ एवं कपाल प्रत्यारोपण सर्जन डा। रुपक घिमिरे ५० देखि ६० प्रतिशत पुरुषमा कपाल झर्ने समस्या देखिने गरेको बताउँछन् । महिलाहरुमा पनि झण्डै १० प्रतिशतमा यस्तो समस्या देखिन्छ । महिलाहरुमा देखिएको यो समस्या ‘डाइटिङ’ र ‘वेटलस’का कारणले पनि भएको डा. घिमिरे बताउँछन् । त्यस्तै महिलाको हर्मोन, भिटामिन डीको कमी आदि कारणले पनि कपाल झर्ने समस्या बढेको उनको भनाइ छ ।
डा.रुपक घिमिरे
सामान्यतया पुरुषको कपाल निधारपट्टिबाट झर्दै टाउकोको बीचमा रहेको भूमरीतिर पुग्छ । कपाल झर्ने समस्या मुख्यतः दुई कारणले हुन्छ, एउटा वंशाणुगत कारण र अर्को ‘एन्ड्रोजेनेटिक एलोपेसिया’को कारण । साधारण भाषामा भन्दा टेस्टेड्रोन भन्ने हर्मोनको कारण मानिसमा कपाल झर्ने समस्या देखिन्छ । अहिले १५–१६ वर्षका किशोरहरुमा समेत कपाल झर्ने समस्या देखिने गरेको छ ।
डा। घिमिरे पछिल्लो समय कपाल झर्ने समस्या लिएर अस्पताल वा क्लिनिकमा आउनेको संख्या बढिरहेको बताउँछन् । तर समस्या नै बढेर हो वा सचेतना बढेर यस्तो भएको हो रु भन्नेमा भने अध्ययन गर्न बाँकी रहेको उनी बताउँछन् । सामाजिक सञ्जाललगायतको प्रयोगले पनि मानिसहरुमा सचेतना बढेका कारण पनि यस्तो समस्या लिएर आउनेहरु बढेको हुनसक्छ ।
अहिले कोरोना महामारीका कारण पनि कपाल झर्ने समस्या बढेको डा। घिमिरे बताउँछन् । सामान्य अवस्थामा दैनिक टाउकोबाट सयवटा जति कपालको रौं झर्नु सामान्य मानिन्छ । तर कोरोनाका कारण कपाल झर्ने दरलाई बढ्दै गएको देखिएको छ ।
तातोपानीले नुहाउँदा कपाल झर्छ ?
तातोपानीले नुहाउँदा कपाल झर्छ भन्ने आम मान्यता छ । चर्चित अभिनेता सरोज खनाल पनि आफ्नो बाक्लो कपालको राज तातोपानीले ननुहाउनु नै रहेको बताउँछन् । अनलाइनखबरसँगको कुराकानीमा खनालले हप्तामा बढीमा दुई पटक स्याम्पु प्रयोग गर्ने र घाँटीभन्दा माथि तातोपानी प्रयोग नगर्ने गरेको बताए ।डा।घिमिरे पनि तातोपानी टाउकोको लागि सुरक्षित नभएको बताउँछन् । तातोपानीले नुहाउँदा कपाल नै झर्ने नभएपनि कपाल टुक्रिने समस्या भने हुन्छ । त्यसैले कपाल झर्न नदिन जाडोमा तातोपानीको सट्टा मन्द तातोपानीले मात्रै नुहाउन उनी सुझाउँछन् ।
समाधान के छ ?
जसरी घाँसपातलाई पातलो हुँदै गएमा मलजल गरिन्छ र पूर्ण रुपमा मर्‍यो भने त्यसलाई पुनः रोप्नुपर्ने हुन्छ । त्यसरी नै कपाल पनि पातलो हुँदै गयो भने त्यसलाई मलजल गरेर भर्दै जान सकिन्छ । तर पूर्ण रुपमा रित्तिसकेको छ भने पुनः रोप्नुपर्ने अवस्था आउँछ, त्यसलाई कपाल प्रत्यारोपण भनिन्छ ।
कपाल प्रत्यारोपण गर्दा टाउकोको भूमरीभन्दा पछाडिको भागको कपाललाई अगाडि ल्याएर रोप्ने गरिने डा. घिमिरे बताउँछन् । कपाल प्रत्यारोपण गर्दा टाउकोको पछाडिपट्टिको भागको कपाल जसलाई ‘एन्ड्रोजेनइन सेन्सेटिभ एरिया’ भनिन्छ । त्यही भागको कपाल निकालेर कपाल झरेको भागमा एक–एकवटा ग्राफ्ट प्रत्यारोपण अर्थात् रोप्ने काम गरिन्छ । सर्जरीको माध्यमबाट कपाल प्रत्यारोपण गर्दा मानिसलाई बेहोस बनाउनु नपर्ने डा। घिमिरे बताउँछन् ।
कपाल निकाल्ने र प्रत्यारोपण गर्ने भागमा अस्थायी एनेस्थेसिया दिएर प्रत्यारोपण गर्न सकिन्छ । यसरी रोपेको कपाल दुईदेखि तीन हप्ता पछाडि झर्छ । तर १० देखि १६ हप्ताको बीचमा कपाल अझ बाक्लो भएर उम्रिन्छ । दुई हजारवटा ग्राफ्ट कपाल प्रत्यारोपण गर्न ६ देखि ८ घण्टाको समय लाग्छ ।
कपाल प्रत्यारोपण गर्दा निधारको साइडबाट सामान्य रुपमा झरेको कपाल रोप्न ५०९६० हजार रुपैयाँ लाग्ने डा. घिमिरे बताउँछन् । भूमरीभन्दा पछाडिसम्म झरेको कपाल रोप्नु परेमा भने साढे ३ लाख रुपैयाँसम्म पर्छ ।अनलाइनबाट

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here