spot_img
Friday, December 5, 2025
Homeशिक्षामहासंघ बाँकेले आयोगलाई बुझायो ज्ञापन पत्र

महासंघ बाँकेले आयोगलाई बुझायो ज्ञापन पत्र

spot_img

नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको हत्याका सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरेको छ । शाखा अध्यक्ष नवीन गिरी नेतृत्वको टोलीले शुक्रबार राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज शाखामार्फत आयोगलाई महासंघका माग पूरा गराउन सरकारको ध्यानाकर्षण गर्नुका साथै घटनाको निष्पक्ष र स्वतन्त्र छानविनका लागि आग्रह गरेको हो । नेपालगञ्ज कार्यालय प्रमुख द्वारिका अधिकारीलाई ज्ञापनपत्र बुझाइएको हो ।

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता हनन हुने गरी सञ्चार गृह र सञ्चारकर्मीमाथि आक्रमण भएको र पत्रकार रजकलाई आगोमा जलाएर हत्या गरिएको घटनाका सन्दर्भमा नेपाल पत्रकार महासंघले निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीमाथि कारबाही, मृतक पत्रकार तथा क्षति पुगेका सञ्चार गृहलाई क्षतिपूर्ति, घाइते पत्रकारको निःशुल्क उपचार, सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति तथा विगतदेखि नै प्रेस स्वतन्त्रता हननमा संलग्न रहेकाहरुलाई कानुनी कारबाहीको माग गर्दै केन्द्रमा गृहमन्त्री, प्रदेशमा मुख्यमन्त्री र जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई चैत १८ गते सात दिने अल्टिमेटम दिई ध्यानाकर्षणपत्र बुझाएको थियो । तर, सरकारले चासो र गम्भीरता नदेखाएपछि महासंघ आफ्ना माग पूरा गराउन निरन्तर आन्दोलनमा छ । अध्यक्ष गिरीले घटनाको निष्पक्ष छानविन भई दोषीमाथि कारबाही नहुँदासम्म आन्दोलन जारी रहने बताए । अध्यक्ष गिरीले प्रेसमाथिको आक्रमण सह्य नहुने बताए । महासंघ केन्द्रको सर्कुलर अनुसार बाँके शाखाले पनि आन्दोलन जारी राखेको गिरीले बताए ।

ज्ञापनपत्र बुझ्दै राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख अधिकारीले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता हननको घटना आयोगको पनि चासोका विषय भएको भन्दै महासंघ बाँकेले पेश गरेको ज्ञापनपत्र आयोगमा पठाइने बताए।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here