spot_img
Friday, December 5, 2025
Homeशिक्षामहासंघ बाँकेको आफ्नो वेबसाइट

महासंघ बाँकेको आफ्नो वेबसाइट

spot_img

नेपाल पत्रकार महासंघ बाँकेले आफ्नो वेबसाइट सञ्चालनमा ल्याएको छ । वेबसाइटको बुधबार शुभारम्भ गरिएको छ । बडादशैं, दीपावली, नेपाल सम्बत् ११४६ र छठ पर्वको अवसरमा शाखाको नेपालगञ्ज(४ सञ्चारग्राम ९बसपार्क० स्थित कार्यालयमा आयोजित चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रममा महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले वेबसाइटको शुभारम्भ गरे ।

बाँके शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा बोलेका बक्ताहरुले नजिकिएका चाडपर्वहरुले सत्प्रेरणा र सकारात्मकता बृद्धिका लागि प्रेरित गर्ने विश्वास ब्यक्त गरे । समाजमा नकारात्मकता बढिरहेको भन्दै उनीहरुले चिन्ता ब्यक्त गरेका थिए ।

प्रमुख अतिथि चौलागाईले बाँके शाखाले लुम्बिनी प्रदेशमै पहिलोपटक वेबसाइट शुभारम्भ गरेर अब्बलता देखाएको भन्दै वेबसाइटको निरन्तरता र अद्यावधिकमा ध्यान दिनुपर्ने बताए । उनले बाँके शाखाले उत्कृष्ट र सिर्जनात्मक गतिविधि गरिरहेको बताउँदै साधारण सदस्यता नवीकरण विवरण पठाउने सन्दर्भमा पनि बाँके पहिलो रहेको उल्लेख गरे । चौलागाईले पत्रकारिताप्रतिको विश्वासलाई जोगाइराख्न सबै पत्रकारहरु गम्भीर तथा कर्मशील हुनुपर्नेमा जोड दिए ।

शाखा अध्यक्ष गिरीले वेबसाइट सञ्चालन गरेर डिजिटलाइजेशनलाई प्रबद्र्धन गरेको बताए । उनले शाखाको आन्तरिक जीवन र गतिविधिलाई डिजिटल र पारदर्शी बनाउन वेबसाइट सञ्चालन गरिएको बताए । गिरीले साधारण सदस्यहरुको विवरण पनि वेबसाइटमा राखिने जानकारी दिए । उनले सत्कर्म र सत्अभ्यासमार्फत बाँकेको पत्रकारितालाई नमुनायोग्य बनाउन प्रत्येक पत्रकारले गम्भीरतापूर्वक भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्व अध्यक्षद्वय प्रेम केसी र निरज गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, प्रेस संगठन बाँकेका सहसचिव सन्तोष विष्ट, क्रियाशील पत्रकार महिला बाँकेकी उपाध्यक्ष विमला चौधरीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सचिव कृष्ण ओलीले सञ्चालन गरेको कार्यक्रममा सह(सचिव भगतराम थारुले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

वेबसाइट डिजाइन र विकास गरेको सफ्टवेयर कम्पनी डटवक्र्स टेक्नोलोजिजका प्रबन्ध निर्देशक अर्सद कमल सिद्दिकीले वेबसाइटमा भएका फिचरबारे जानकारी गराएका थिए । उनले उन्नत वेबसाइट बनाइएको जानकारी गराउँदै अहिले सुरुवात गरिए पनि डाटा अपडेट गर्न अझै बाँकी रहेको र काम गरिरहेको बताए । बाँके शाखाको वेबसाइट www.fnjbanke,org,np हो ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here