spot_img
Monday, September 16, 2024
Homeबजारमन्त्री राणा र साउथ एशियन युनिभर्सिटी कुलपति अग्रावाल बीच भेट

मन्त्री राणा र साउथ एशियन युनिभर्सिटी कुलपति अग्रावाल बीच भेट

spot_img

सार्क राष्टद्धारा दिल्लीमा स्थापना भएके साउथ एशियन युनिभर्सिटीका अध्यक्ष प्रोफेसर के.के.अग्रवालले नेपालका परराष्ट मन्त्री डाक्टर आरजु राणा बिच भेट गरेका छन । भेटको क्रममा विश्वविद्यालयमा पढाइने पाठयक्रम,पढाउने प्राध्यापक र अध्ययनरत छात्रछात्राका साथै अन्य गतिविधिका बारेमा प्रोफेसर अग्रवालले मन्त्री डाक्टर राणालाई जानकारी गराएका थिए ।विश्वविद्यालय सार्क सदस्य मुलुकको भएकाले सार्क मुलुकको सामाजिक आर्थिक र भौगोलिक समस्या समाधानमा केन्द्रित रहेर कोर्ष सञ्चालन गर्न लागिएको प्राध्यापक अग्रवालले मन्त्री राणार्लाइ जानकारी गराएका गराएका थिए। दक्षिण एशियाको पहिलो र एकमात्र एशियन विश्वविद्यालय जसलाई सार्क देशका नेपाल,भारत,अफगानिस्तान,बंगलादेश ,भुटान ,माल्दीस,पाकिस्तान र श्रीलंकाले मिलेर चलाईरहकोले विश्व विद्यालयको वातावरण विविधतामा एकता रहेको अग्रवालले बताएका थिए । मन्त्री राणाले साउथ एशियन युनिभर्सिटिका कुलपति प्रोफेसर के. के. अग्रवाललाई बधाई दिदै सदस्य राष्टहरुबीचको सम्बन्धलाई बढावा दिने पुलको रुपमा रहेको बताई ।दक्षिण एशियाली विश्वविद्यालयलाई सम्बोधन गर्दै उनले विश्वविद्यालय सार्क राष्टका लागि शिक्षाको ज्योति भएको बताउँदै आफु छिटै नै पुनः विश्वविद्यालयको भ्रमणका लागि नयाँ दिल्ली आउने बताईन ।मन्त्री राणाले शिक्षाका हिसाबले साउथ एसियन विश्वविद्यालयलाई विश्व मानचित्रमा ल्याउन अग्रवालको प्रयासको सह्राना गर्दै सार्क राष्टको आवश्यकतालाई ध्यानमा राखेर प्राज्ञिक अनुसन्धान गर्न सुझाव दिइन । राणाले विश्वविद्यालयको प्रतिष्ठा बढाउन र त्यहाँ अध्ययनरत विद्यार्थीको हितमा जे जति सहयोग हुन्छ,त्यसलाई नेपालले गम्भिरताका साथ हेर्ने बताईन । परराष्ट मन्त्री बनेपछि पहिलो पटक भारत भ्रमणमा गएकी डाक्टर राणालाई प्राध्यापक अग्रवालले दक्षिण भारत र उत्तर भारतको साँस्कृतिक समृद्धि झल्किने परम्परागत शाल,मणिमाला र स्मृति चिन्ह प्रदान गरेका थिए । परराष्ट मन्त्री डाक्टर आरजु राणासँगको भेटमा दिल्लीस्थित नेपाली राजदुतावासका अधिकारीको समेत उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here