spot_img
Sunday, September 8, 2024
Homeब्यानरमनायो राप्तीसोनारी गाउँपालिकाले १८औ निजामती दिवस

मनायो राप्तीसोनारी गाउँपालिकाले १८औ निजामती दिवस

spot_img

बाँके राप्तीसोनारी गाउँपालिकाले १८ औ निजामति सेवा दिवस मनाएको छ ।इमानदारिता र लगनशीलता कर्मचारीको बहुमुल्य अहना भएको हुदाँ कर्मचारीहरुले त्यसै अनुरुप पालन गर्नु पर्ने राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले दिवसका अवसरमा बताउनु भएको छ । निजामति सेवा दिवसका अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष थारुल निजामति कर्मचारीले आफुले पाएको जिम्मेवारीलाई जागिरका हिसाबमा मात्र लिनु नहुने बताउनु भएको छ । जागिरलाई जिम्मेवारीका हिसाबले लिन सके जनताको नजरमा कर्मचारीको मानसम्मान बढ्ने मात्र नभई समग्र संस्थाको विकास हुने थारुले बताउँनु भयो । अध्यक्ष थारुले जुनसुकै तह र तप्काका कर्मचारीले पाएको जिम्मेवारीलाई लगनशील र इमानदार भएर निर्वाह गरे कर्मचारीको मात्र नभएर समग्र राप्ती सोनारी गाउँपालिकाको विकासमा कोसे ढुंगाको काम गर्ने बताउनु भयो । । सबै सेवाग्राही पढेलेखेको नहुने भएकाले गाउँपालिकाले दिन सेवा प्रवाह गर्नु कर्मचारीको प्रमुख दायित्व भएको अध्यक्ष थारुको बुझाइ रहेका छ। त्यसैगरीगाउँपालिका उपाध्यक्ष धनि कुमारी खत्रीले अनुशासन नै निजामति कर्मचारीको पहिलो कर्तव्य भएकोले कर्मचारीले नेपाल सरकारबाट निर्देश गरेको नियम कानुनलाई हुबहु पालना गर्नु जोड दिनु भयो। अनुशासन र काम ठूलो प्रमुख प्रशासकीय अधिकृत शाही १८ औं निजामति सेवा दिवस कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाहीले निजामति कर्मचारीको अनुशासन र काम नै ठुलो भएको बताउँनु भयो । अनुशासन र कामले नै मानिसलाई चिनाउने भएकाले साना तिना कुरामा अल्झिएर कडा मेहनत पश्चात प्राप्त फललाई व्यर्थमा फाल्न नहुने शाही बताउँनु हुन्छ । निजामती दिवसको अवसरमा गाउँपालिकाले उत्कृष्ट कर्मचारी छनौट गरी उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरेको छ ।

सम्मान ग्रहणपछि गाउँपालिका अध्यक्ष लाहुराम थारु सहित उत्कृष्ट कर्मचारीहको समुहिक फोटा
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here