शैक्षिक क्रियाकलापसँगै अतिरिक्त क्रियाकलापमा समेत सक्रिय रहदै आएको बाँके जिल्ला नेपालगंजमा रहेको मध्यपश्चिम बहुमुखी क्याम्पस नेपालगंज शुक्रबार अतिरिक्त क्रियाकलाप गरेको छ । अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार हाजिरजवाफ प्रतियोगिता गरेको हो । कार्यक्रममा १० समुहबाट कुशलताकासाथ सम्पन्न भएको क्याम्पस प्रमुख भगत नेपालीले जानकारी दिएका छन । प्रतियोगितामा १० समुहमध्येबाट वि.एड.तेस्रो वर्ष पहिलो,बि.बि.एस तेस्रो वर्ष द्धितिय र वि.एड.प्रथम वर्षले तृतिय स्थान हासिल गरेको थियो ।प्राध्यापक लक्ष्मी गौतम र अंगलाल बुढाथोकीले सहजीकरण गरेको शुक्रबारे कार्यक्रमको प्रमुख अतिथिमा क्याम्पस प्रमुख नेपाली रहेका थिए भने अतिथिमा प्राध्यापक डा.हरि प्रसाद तिवारी,गणेश आचार्य ,मेघ बहादुर विष्ट ,पारु शर्मा पठविर बुढाथोकी,सिताराम सुवेदी कुमार सुवेदी र कमल उपाध्याय लगायतको उपस्थित रहेको थियो ।कुल विद्यार्थी संख्या ४५० रहेको क्याम्पसमा १० समुह निर्माण गरी प्रतियोगिताको आयोजना गरीएको थियो । क्याम्पसले शिक्षण सिकाईसँगै यस्तै अतिरिक्त क्रियाकलाप समेत गर्दै आएकोमा आगामी दिनमा यस्तै अतिरिक्त क्रियाकलाप गर्दै विद्यार्थीहरुको क्षमतामा बृद्धि गर्ने र यस्ता क्रियाकलाप अन्तर क्याम्पस स्तरीय गर्ने समेत योजना रहेको मध्यपश्चिम बहुमुखी क्याम्पस बताउँछ ।
हामीसँग जोडिनुहोस्
सिफारिस











