वाक स्वतन्त्रता र पे्रस स्वतन्त्रताको बहालीका लागि मधेश मिडिया मिसन नेपाल बाँके शाखाले बाँके जिल्ला प्रशासन कार्यालय मार्फत परराष्ट्र मन्त्रालय सिंहदरबार काठमाडौ तथा पाकिस्तानका लागि नेपाली राजदुतावासलाई ध्यानाकषर्ण गराएको छ । आइतबार बाँकेको नेपालगंज स्थित त्रिभुवन चोकबाट सम्बोधन गरी बाँके जिल्ला प्रशासनमा ध्यानाकषण सहितको ज्ञापनपत्र बाँके जिल्ला प्रशासन कार्यालयका प्रमुख खगे्रन्द रिजाललाई बुझाइएको हो । ज्ञापनपत्र बुझाउँदै मधेश मिडिाय मिसन नेपालका अध्यक्ष चन्द्रेश्वर त्रिपाठीले दबे कुचेका वर्गका विषयमा बोल्दै आएको पत्रकारीता क्षेत्रमा रहेको पत्रकारलाई कुनै पनि हालतमा विनाकारण ठहर नगर्नु बताउँदै भने,‘करिब १५ दिन अघि पाकिस्तानकी महिला पत्रकार आरजु काजमीले सत्तामा रहेकाहरुको आलोचनात्मक ढंगले रिर्पोटिङ गर्दा पाकिस्तान शासनले उनलाई डर,धाम,धम्की दिई लाहौरमा आई स्पष्टीकरण दिने र समयमा स्पष्टीकरण दिन नआए घरबाट उठाउने धम्कि दिदै मानसिक प्रताडना दिने समाचार सार्वजनिक भएको र अर्का पत्रकार शोऐब चौधरी,सना अमजद र सयला खान, निमरा अहमद लगायत १२ अन्य पत्रकारलाई वेपत्ता पारेको हो ।’‘अतः पक्राउ पारिएका सबै पत्रकारहरुको शिर्घ रिहाईका लागि माग गरीएको छ भने सत्यतथ्य बाहिर ल्याउन समेत पाकिस्तानी सरकारसँग हाम्रो माग रहेको छ ।’अध्यक्ष त्रिपाठीले भने ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई,लुम्बिनी प्रदेश प्रदेश परिषद सदस्य मधु पौडेल,भेरी एफएमका नन्दलाल साहु, लगायतको उपस्थिति रहेको थियो । ज्ञापनपत्र बुझ्दै प्रशासन प्रमुख रिजाले आफुले जतिसक्यो छिटो पत्रकारहरुको माग सहितको ज्ञापनपत्र तुरुन्तै पठाउने बताए ।
00