spot_img
Friday, September 20, 2024
Homeब्यानरमतदाता नामावलीमा कोही पनि नछुटून् भन्दै राप्तीसोनारीको ज्ञापन

मतदाता नामावलीमा कोही पनि नछुटून् भन्दै राप्तीसोनारीको ज्ञापन

spot_img

देशभर संचालित ‘मतदाता नामावली संकलन अन्तर्गत विशेष कार्यक्रममा कोही पनि व्यक्ति नछुटून् भन्ने उद्देश्यले राप्तीसोनारी गाउँपालिकाको टोली जिल्ला निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयमा पुगेको छ । राप्तीसोनारी गाउँपालिका तथा स्थानीय सहयोग समन्वय तथा प्रचार प्रसार संयोजक एवम् राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुलगायतको टोली जिल्ला निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयमा पुगेको हो ।
त्यहाँ पुगेको टोलीले गाउँपालिकामा भइरहेको मतदाता नामावली संकलन कार्य वडास्तरबाट पनि सुरुवात गर्न र मतदाता नामावलीको समय थप गर्नका अनुरोध गरेको छ । राप्तीसोनारी गाउँपालिका भौगोलिक दृष्टिकोणले देशकै ठूलो गाउँ पालिका भएकाले मतदाता नामावली संकलन अन्तर्गतको विशेष कार्यक्रमलाई सदुपयोग योग्य मतदाता सबैले गर्न सकून भन्ने उद्देश्यले यस्तो अनुरोध गरिएको अध्यक्ष लाहुराम थारुले बताए । उनले भने,‘ निर्वाचन आयोगको कार्यालय नेपालगन्ज बाँके र जिल्ला प्रशासन कार्यालयलाई समय थप र वडाकार्यालयबाट पनि मतदाता नामावली संकलन गर्नुका साथै मतदाताको भिडभाडलाई मध्यनजर गर्दै जनशक्ति थप गरिदिनका लागि अनुरोध गरेका छौं ।’


भौगोलिक विकटताका कारण वडाकार्यालयबाट पनि मतदाता नामावली संकलन गर्न एवम् केही समय थप गरिदिन गाउँपालिकामा बसेको सर्वदलीय बैठकले निर्णय गरेको अध्यक्ष थारुले बताए । अध्यक्ष थारुका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र राप्रपालगायतका विभिन्न राजनीतिक दलको बैठकले जिल्ला निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो ।
ज्ञापन पत्र बुझाउने क्रममा नेपाली कांग्रेस राप्तीसोनारीका सभापति भिमबहादुर रानाक्षेत्री, राप्तीसोनारी गाउँपालिका नेपाली कांग्रेसका सचिव सन्तोष चौधरी, नेकपा माओवादी केन्द्रका राप्तीसोनारीका चिमबहादुर घर्ती, राप्रपा राप्तीसोनारीका अध्यक्ष भूपेन्द्रबहादुर ओली, नेकपा एमाले राप्तीसोनारीका सचिव सुधा थारुलगायतको सहभागिता रहेको थियो ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले मतदाता घोषणा नहुन्जेल मतदाता नामावली संकलन कार्य चलिरहने भएकाले मतदान अधिकारबाट कोही पनि वञ्चित हुनु नपर्ने बताए । उनले स्थानीय पालिकामा भइरहेको विशेष कार्यक्रम अन्तगर्तको नामावली संकलनमा कोही छुटी हाले पनि जिल्ला निर्वाचन आयोगले तोकेको स्थानमा निरन्तर रुपमा मतदाता नामावली संकलन हुने बताए । उनले केन्द्रको नीति अनुरुप कार्यक्रम संचालन भइरहेकाले मतदाता नामावलीलाई प्रभावकारी बनाउन जिल्ला निर्वाचन आयोगसँग समन्वय र सहकार्य गर्न सुझाए ।
त्यस्तै ज्ञापन पत्र बुझ्दै जिल्ला निर्वाचन आयोग बाँकेका जिल्ला निर्वाचन अधिकृत खुम प्रसाद सुवेदीले आफूले पाएको निवेदनलाई केन्द्रमा पठाउने बताएका छन् । केन्द्रको नीति अनुरुप मतदाता नामावली संकलन अन्तर्गत विशेष कार्यक्रम संचालन भइरहेकाले उनले विशेष कार्यक्रम अन्तर्गत कोही पनि नछुटून भनेरै स्थानीय तहमै मतदाता नामावली संकलन गरिएको बताउँदै उक्त कार्यमा स्थानीय तहले पनि भिड व्यवस्थापनलगायतका विषयमा पालिकाले सहयोग गर्न आग्रह गरे । उनले मतदाता नामावली संकलनमा सबै नागरिक समेटिउन भन्ने उद्देश्यसाथ काम गरिरहेको अधिकृत सुवेदीले बताए ।
देशभर गत मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन अन्तर्गत विशेष कार्यक्रम संचालन भइरहेको छ । उक्त कार्यक्रम अन्तर्गत देशभरका ७५३ स्थानीय तहमध्ये निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय रहेका ७७ स्थानीय तह तथा ४० वटा इलाका प्रशासन कार्यालय रहेका ३९ स्थानीय तह गरी जम्मा ११६ स्थानीय तहमा नियमित रुपमा मतदाता नामावली संकलन कार्य भइरहेको हो ।
हिमाली एवम् पहाडी जिल्लामा १० दिन र तराई एवम् काठमाडौं उपत्यकाका जिल्लाहरुमा १५ दिनसम्म भइरहेको मतदाता नामावली संकलन विशेष कार्यक्रममा आम मतदाताको सहज पहुँचको व्यवस्थापनका लागि देहायका विषयमा सहयोग समन्वय र सहजीकरणको जिम्मा स्थानीय तहलाई दिइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here