spot_img
Tuesday, February 24, 2026
Homeराजनीतिमतदाताका घरघर पुग्दै इश्तियाक राई

मतदाताका घरघर पुग्दै इश्तियाक राई

spot_img

नेकपा एमालेबाट बाँके क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले घर(घर पुगेर आफ्नो पक्षमा मतदाताहरूको समर्थन जुटाउन सक्रियता बढाउनुभएको छ। उम्मेदवार राईले आज विहान नेपालगन्जको वडा नं १३, वडा नं १४ र वडा नं १८ का टोल(वस्तीमा पुगेर आफ्नो निर्वाचन चिन्ह सूर्यमा मतदान गर्न मतदाताहरूसँग आग्रह गर्नुभयो।

उम्मेदवार राईले सहरी विकास तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै जनताको घरदैलोमा पुगिरहनुभएको छ। उहाँले नीतिगत व्यवस्थामार्फत सामाजिक(संरचनागत सुधारलाई पनि आफ्नो चुनावी अजेन्डा बनाउनुभएको छ। भुजईगाउँमा राईले नवयुवा मतदाताहरूसँग उहाँहरूको चाहनालाई आफूले कसरी सम्बोधन गर्न सक्छु भनेर जिज्ञासा राख्नुभएको थियो।

लागुऔषधको समस्याले नेपालगन्जमा संकटको रूप लिन थालेको भन्दै राईले युवाहरूलाई कुलतबाट जोगाउन र रोजगारी, खेलकुद र सामाजिक गतिविधिहरूमा संलग्नताको अवसर बढाउन प्रयत्नरत रहेको बताउँदै आउनुभएको छ। जेन(जी उमेरमै राजनीतिमा आएर आफूलाई स्थापित गर्नुभएका राईले नवयुवाहरूको मनमा उठ्ने प्रश्नहरूबारे आफू धेरथोर जानकार रहेको पनि बताउनुभयो।

राईको मंगलबार विहानको घरदैलो नेपालगन्ज नगरपालिकाका प्रायस् ग्रामिण इलाकामा केन्द्रित थियो। वहाँले वडा नं १३ को लोलियनपूर्वा, वडा नं १४ को मन्नुपूर्वा, नयाँ बस्ती र हुसेनगंज तथा वडा न १८ को भुजइगाउँ क्षेत्रमा घरदैलो गर्नुभएको हो।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here