spot_img
Thursday, November 21, 2024
Homeकला/साहित्यमंसिर २ गतेदेखि हडिया बाबा मेला

मंसिर २ गतेदेखि हडिया बाबा मेला

spot_img

बाँकेको नेपालगंजमा रहेको श्री १००८ हडिया बाबाको वार्षिक पुण्यतिथितको अवसरमा हुने मेलाको तयारी पुरा भएको छ । बुधबार पत्रकार सम्मेलन गरी प्रत्येक वर्ष जस्तै यस वर्ष पनि स्थानिय धार्मिक पर्यटकीय स्थल नेपालगंजको फुलटेक्रामा रहेको हडिया बाबा आश्रममा हुने मेलाको तयारी पुरा भएको जानकारी दिइएको हो । आश्रम कार्यसमिति अध्यक्ष नन्दलाल वैश्यले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार ५९औ मेलाको आयोजना हुन गैरहेको र मेलामा भारतको धार्मिक नगरी मधुरा बृन्दावनबाट कलाकार बोलाउनुका साथै मंसिर २ गते रुद्री पुजा,मंसिर ३ गते श्रीकृष्णा जन्म,मंसिर ४ गते कालिया नाग नाथन,मंसिर ५ गते सुदामा चरित्र,मंसिर ६ गते मीरा चरित्रको आयोजना गरिनुका साथै मंसिर ७ गते धनुष यज्ञ गरी समापन गरिने भएको छ ।अध्यक्ष बैश्यले हडिया बाबाको महिमका बारेमा बताउँदै भने,‘कुनै बेला राप्ती नदी घाटमा भण्डारा सञ्चालन हुने क्रममा ध्यू खतम हुँदा योगीराज हडिया बाबाले गंगा माताबाट जल लिएर भण्डारा सञ्चालन गरी अर्को दिन नेपालगन्ज बजारबाट ध्यू लगी नदीमा प्रवाह गरीन्थ्यो ।’
हाल श्री हडिया बाबा आश्रमको सरसफाईदेखि लिएर मेला तथा धार्मिक श्रीरामलीला मञ्चनमा गरिने सम्पूर्ण तयारीको लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको अध्यक्ष वैश्यले बताए ।
अध्यक्ष वैश्यले मंसिर ४ गते आयोजना हुने श्री १००८ हडिया बाबाको शोभा यात्रामा समेत सम्पूर्ण बाँकेबासीहरुलाई सहभागिता जनाउन तथा प्रत्येक दिन हुने मेलामा सहभागिता जनाई पुण्यलाभ लिन समेत अनुरोध गरेका छन् ।
पत्रकार भेटघाट कार्यक्रममा हडिया बाबा आश्रम कार्य समितिका महासचिव बेचनलाल गुप्ता, सदस्य बृजेशबहादुर सिंह, ललित पौडेल तथा हडिया बाबा आश्रमका पुजारी सोम गिरी लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन हडिया बाबा आश्रम मन्दिर व्यवस्थापन कार्य समितिका प्रेस संयोजक चन्द्रेश्वर राज त्रिपाठीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here