spot_img
Wednesday, December 11, 2024
Homeअन्तर्वार्ताभौतिक तथा सामाजिक बिकासका दृष्टिकोणले हेर्ने हो भने धेरै परिवर्तन भएका छन:प्रमुख...

भौतिक तथा सामाजिक बिकासका दृष्टिकोणले हेर्ने हो भने धेरै परिवर्तन भएका छन:प्रमुख प्रशिक्षक लामीछाने

spot_img

आगामी माघ १६ देखी १९, २०८१ मा ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्स(ईरिप्स) ले सकारात्मक सञ्चार र नेतृत्व विकासका लागि प्रसंसनीय खोज तालिमको आयोजना गरेको छ । यो तालिम किन आवश्यक छ ? यो तालिममा के के कुराहरु सिक्न सकिन्छ र सिकेका कुराहरुले दैनिक जीवनमा, परिवारमा र संस्थामा के कस्ता सकारात्मक प्रभाव पार्न सक्दछन भन्ने जानकारीका साथमा प्रसंसनीय खोज तालीमका प्रमुख प्रशिक्षक रामचन्द्र लामीछानेसँग गरीएको संवाद……….

प्रश्न ः करिब ७० वर्ष देखीको नियमित प्रयास भएको र संघियता र नयाँ संविधान लागु भएको पनि १० वर्ष बिति सक्दा पनि किन होला देशले बिकासको गति लिन नसकेको?

उत्तर ः बिगतको तुलनामा भौतिक तथा सामाजिक बिकासका दृष्टिकोणले हेर्ने हो भने धेरै परिवर्तन भएका छन तर २१ औ शताब्दिको बिकासलाई आधार मान्ने हो भने नेपालले धेरै गर्न बाँकी छ ।

प्रश्न ः एक्काईसौ शताब्दि अनुसारको बिकास गर्न नेपालले के गर्न पर्ला ?

उत्तरः एक्काईशौ शताब्दी भनेको भौतिक तथा सामाजिक विकाससँग सगै ज्ञान, प्रज्ञान, आध्यात्मिक, सुचना र प्रविधीको विकासको समय हो र हाम्रो देशको सकारात्मक रुपान्तरणको लागि सबै तहका नेतृत्वले बिकासलाई एक्काईसौ शताब्दिको मुल्य र मान्यता अनुसार परिभाषित गरी सोही अनुसारको नीति योजना तथा कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्नु पर्दछ ।

प्रश्न ः यस्ता कुराहरुको पहल कस्ले लिने ?

उत्तर ः कुनै पनि नयाँ कुराहरु नेतृत्वले शुरुवात गर्नु पर्दछ । यदि सबै तहको नेतृत्वमा रहनु भएका व्यक्तिहरुले एक्काईशौ शताब्दिका एजेण्डाहरु अनुसार बिकासलाई परिभाषित गर्न सक्नु भयो र सोही अनुसार विकास नीति, ऐन, नियम, योजना र कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न सक्नु भयो भने निश्चित रुपमा देशले विकासमा गति लिन्छ ।

प्रश्न ः बिकासलाई नयाँ तरिकाले परिभाषित गर्न ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्सले कसरी सहजीकरण गर्न सक्दछ ?

उत्तर ः ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्सले सबै तहमा कार्यरत नेतृत्वलाई लक्षित गरि सकारात्मक सञ्चार तथा नेतृत्व विकास तालिमको आयोजना गरी एक्कईसौ शताब्दिको एजेण्डा अनुसारको बिकास नीति निर्माण, योजना तर्जुमा तथा कार्यान्वय गर्न र नेतृत्वले संप्रेषण गर्ने सुचानाहरुलाई सकारात्मक तरिकाले कसरी प्रवाह गरी सकारात्मक प्रभाव सिर्जना गर्न सकिन्छ भन्ने कुरामा सहजीकरण गर्दछ ।

प्रश्न ः यो तालिमले के के कुराहरुलाई लक्षित गरी सकारात्मक सञ्चार र नेतृत्व विकासमा सहजीकरण गर्दछ ?

उत्तर ः यस तालिमले निम्न लिखित कुराहरुमा सहभागीहरुलाई दक्ष बनाउनेछ ।

१. सकारात्मक सोच र सिर्जनाशीलताको बिकास ः यस तालिमले सबै सहभागीहरु आफनो व्यक्तिगत जीवन, परिवार र संस्थाका सकारात्मक पक्षहरुको खोजबीन गरेर आफनो आत्मविश्वास बृद्धि गर्न सिकाउदछ जसले सहभागीहरुलाई सकारात्मक र सिर्जनशिल बनाउदछ ।

२. सहकार्य र सदभाव अभिवृद्धि ः यस तालिमका सहभागीहरुले आफना र अरुका सकारात्मक पक्षहरु खोज्न र ती सकारात्मक पक्षहरुले पारेका सकारात्मक प्रभावहरुको लेखाजोखा गर्न सिक्दछन जसले गर्दा वर्षौदेखी व्याप्त तिक्तता, बैमनश्यत अन्त गरी एक अर्कामा सहयोग, सहकार्य, समन्वय र सदभावको वातावरण निर्माण गर्न र त्यो सकारात्मकताको प्रवर्धन गर्न सक्दछन ।

३. सकारात्मक सञ्चारको विकास ः यस तालिमले सहभागीहरुलाई शब्दको महत्व र सकारात्मक शब्दहरुको प्रस्तुतीले पार्ने सकारात्मक प्रभावले व्यक्तिगत, पारिवारीक र संस्थामा पार्न सक्ने सकारात्मक प्रभावको महत्व बुझाउदछ र सहभागीहरुलाई सकरात्मक सञ्चारको लागि अभिप्रेरित गर्दछ ।

४. सकारात्मक नेतृत्व शैलीको बिकास ः यस तालिमले हाल चारैतिर वढ्दो नकारात्मकता, निराशा र नैराश्यतालाई सकारात्मकता, उत्साह र उमंगमा परिणत गरी अत्यन्तै प्रतिकुलतालाई पनि अनुकुलतामा बदल्न सक्ने नेतृत्वको रुपमा बिकास गर्न अभिप्रेरित गर्दछ ।

५.द्धन्द्ध व्यवस्थापन, शान्ति निर्माण र सकारात्मक सञ्जालको निर्माण ः यस तालिमले सहभागीहरुलाई अत्यन्तै द्धन्द्धपुर्ण अवस्थामा पनि शान्ति, सदभाव र सकारात्मक तत्वहरु खोज्न सक्ने सिप र कला सिकाएर द्धन्द्ध व्यवस्थापन, शान्ति निर्माण र सकारात्मक सञ्जाल निर्माण गर्न सक्षम बनाउदछ ।

प्रश्न ः यो तालिमको अवधि कति दिन हुन्छ, कहिले र कहाँ सञ्चालन हुन्छ रु यसको शुल्क कति हो र त्यो शुल्कमा के के सुबिधाहरु हुन्छन ?

उत्तर ः यो तालिम माघको १६ देखी १९ सम्म काठमाण्डौमा सञ्चालन हुन्छ । यस तालिममा सहभागी हुनको लागि संस्थागत शुल्क रु। ३०,००० ९तीस हजार० र व्यक्तिगत शुल्क रु।२५,००० ९पच्चिस हजार० लाग्नेछ । यस शुल्क अन्तरगत विहान खाजा, खाना, चिया, कफी, स्टेशनरी, सर्टिफिकेट, मायाको चिनो आदी पर्दछन ।

प्रश्न ः यो तालिमलाई कसले सहजीकरण गर्नु हुन्छ र कुन भाषामा सञ्चालन हुन्छ ?

उत्तर ः तालिम सकारात्मक सामाजिक रुपान्तरणका लागि प्रसंसनीय खोज विधी एवम् द्धन्द्ध व्यवस्थापन तथा शान्ति निर्माणका सर्टिफाईड प्रशिक्षक डा। आर सी लामिछाने र वहाँको टिमले सहजीकरण गर्नु हुन्छ ।

प्रश्नः यस तालिमा सहभागी हुनको लागि कहाँ, कसरी सम्पर्क गर्न सकिन्छ ?

उत्तरः यस तालिममा सहभागी हुनको लागि ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्स (ईरिप्स)मा सम्पर्क गरेर नाम दर्ता गर्न सकिन्छ ।

प्रश्न ः बिगतमा ईरिप्सले के कस्ता तालिमहरु आयोजना गरी सञ्चालन गरेको छ र कस्ता व्यक्तिहरु तालिममा सहभागी हुनु भएको थियो ?

उत्तर ः र्ईरिप्सले दुईवटा मोडलमा कार्यक्रमहरु सञ्चालन गर्दछ । एक विभिन्न संघ संस्थाहरुले आयोजना गरेका कार्यक्रमहरुमा सहजकर्ताको रुपमा सहभागी भएर र अर्को आफैले कार्यक्रमहरु आयोजना गरेर । यो कार्यक्रम ईरिप्स आफैले आयोजना गरेको हो र यस तालिममा सकारात्मक सञ्चार र नेतृत्व विकासको सम्वन्धि नयाँ ज्ञान, सिप र कला सिक्न चाहने सबै ले सहभागी हुन सक्नु हुन्छ । बिगतमा ईरिप्सले आयोजना गरेका कार्यक्रमहरुमा संघिय संसदहरु, मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतहरु, अधिकृतहरु, प्रध्यापकहरु, चिकित्सक,अनुसन्धाकर्ताहरु, अभियान्ताहरु, गैसस प्रतिनिधीहरु, शिक्षकहरु आदीको सहभागीता रहेको थियो । विशेषत यो कार्यक्रममा संघिय तथा प्रदेस संसदहरु, पालिका प्रमुख, उपप्रमुखहरु, वडाअध्यक्षहरु, गैरसरकारी संघसंस्थामा कार्यरत व्यक्तिहरु, सामाजिक संघ संस्थामा कार्यरत व्यक्तिहरु, नागरीक अभियान्ता, पत्रकार, शिक्षक, अनुसन्धानकर्ताहरु, परामर्शदाताहरु सबैजना सहभागी हुन मिल्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.