spot_img
Monday, September 16, 2024
Homeबजारभेरीले मनायो आफ्नो वार्षिक उत्सव

भेरीले मनायो आफ्नो वार्षिक उत्सव

spot_img

बाँके जिल्लाको नेपालगंजमा रहेको पश्चिम कर्णाली सम्मका विरामीहरुको उपचारमा तत्लीन रहेको भेरी अस्पतालले शनिबार १३४ औं वार्षिक उत्सव मनाएको छ । अस्पतालले एक कार्यक्रमका बीच वार्षिक उत्सव मनाएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहको सभापतित्व एवम प्रतिनिधि सभाका सांसद किशोरसिंह राठौरको प्रमुख आतिथ्यतामा भएको हो । वार्षिक उत्सव समारोहमा लुम्बिनी प्रदेशका मन्त्री बादशा कुर्मी, लुम्बिनी प्रदेशका सांसद रत्न खत्री, काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

प्रमुख अतिथी राठौरले सबै मिलेर भेरी अस्पतालको विकास सबै मिलेर गर्नुपर्ने बताए । नेपाली कांग्र्रेसका नेता समेत रहेका सांसद राठौरले आफ्नो जिम्मेवारी र कर्तव्यलाई प्रमुख स्थानमा राख्न सके अस्पताल मात्रै होइन देश नै विकास हुने कुरा आफ्नो सम्बोधनमा राखेका थिए । अस्पताल विकास समितिका अध्यक्ष शाहले भारतको लखनउ, दिल्लीका अस्पतालको जस्तो सेवा दिन प्रयासरत रहेको बताए । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. प्रकाश थापाले अस्पतालले दिईरहेको सेवाबारे जानकारी गराएका थिए । अस्पताल विकास समितिका अध्यक्ष शाहको अध्यक्षतामा भएको वार्षिकोत्सवमा प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल ,विभिन्न राजनिति दलका पदाधिकारी तथा प्रतिनिधि,कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।त्यस अवसरमा सांगीतिक प्रस्तुतीसँगै उत्कृष्ट कर्मचारी,कर्मचारीका विचमा खेलाइएका विभिन्न खेलका विजेताहरुलाई पुरस्कृत समेत गरीएको थियो ।अस्पतालले हरेक वर्ष साउन १२ गते आफ्नो वार्षिक उत्सव मनाउँदै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here