spot_img
Monday, December 2, 2024
Homeब्यानरभेरीमा सिटी स्क्यान मेसिन ल्याइँदै

भेरीमा सिटी स्क्यान मेसिन ल्याइँदै

spot_img


नेपालगन्ज/ नेपालगन्जस्थित भेरी अस्पतालमा नयाँ प्रविधियुक्त सिटी स्क्यान मेसिन ल्याइने भएको छ । भेरीमा बिग्रिएको अवस्थामा रहेको पुरानो सिटी स्क्यान मेसिनलाई मर्मत गर्दा अत्यधिक खर्च लाग्ने भएकाले त्यसको सट्टा नयाँ प्रविधिको सिटी क्यान मेसिन ल्याउन लागिएको हो ।

नेपाल मनोचिकित्सक संघको दुई दिने १०औँ राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्न नेपालगन्ज आइपुगेका स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बिहीबार भेरी अस्पतालबारे जानकारी लिएका थिए । भेरी अस्पतालको अवस्थाबारे बुझ्न अस्पताल पुगेका डा. पोखरेललाई भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले सिटी स्क्यान मेसिन नहुँदा बिरामीले सास्ती भोग्नु परिरहेको अवस्थाबारे अवगत गराएका थिए । अध्यक्ष शाहले अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रयास गरेता पनि स्वास्थ्य उपकरणको अभावमा बिरामीलाई सेवा दिन नसकिरहेको बारे बताएका थिए ।

सिटी स्क्यान नहुँदा बिरामीले सास्ती भोगिरहेको जानकारी पाएका सचिव डा. पोखरेलले दोस्रो चौमासिक लगत्तै ८० देखि १ करोड २० लाख रुपैयाँ सिटी स्क्यान खरिदका लागि संघबाट उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् । सचिव डा. पोखरेलले भने,‘सिटी स्क्यान मेसिन खरिदका लागि आवश्यक प्रक्रिया अघि बढाउनुस् । दोस्रो चौमासिक लगत्तै संघबाट सिटी स्क्यानका लागि बजेट पठाउँछौं ।’

भेरी अस्पतालका सूचना अधिकारी एवम् वरिष्ठ फिजिसियन डा. संकेत रिसालले अस्पतालमा सिटी स्क्यान नहुँदा बिरामीलाई मात्र नभएर चिकित्सकलाई समेत समस्या आइपरेको बताएका थिए । सो अवसरमा अस्पतालका मेट्रन दुर्गालक्ष्मी श्रेष्ठ र लेखाअधिकृत नारायण लम्साललगायतको पनि सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.