spot_img
Sunday, September 8, 2024
Homeब्यानरभेरीमा करोडौंको चलखेलः औषधि र सर्जिकल सामग्री आफन्तको फर्मबाट खरिद (अनुगमन-२)

भेरीमा करोडौंको चलखेलः औषधि र सर्जिकल सामग्री आफन्तको फर्मबाट खरिद (अनुगमन-२)

spot_img

(शक्तिकेन्द्र धाउने ट्याइँ ट्याइँ ठिस)

नेपालगन्ज/ बाँकेको भेरी अस्पतालका कर्मचारी सरूवा रोकाउने भन्दै ५० लाख रूपैयाँ बोकेर मन्त्रालय पुगेकालाई मन्त्रालयले ट्याइँट्याइँ ठिस बनाइदिएको छ । यद्धपि अस्पतालमा हुन गइरहेको करोडौको आर्थिक चलखेल भने यथावत् नै रहेको छ ।

करिब सात वर्षदेखि अस्पतालको फार्मेसी डिपार्टमेन्टमा काम गर्दै आएका पाँचौं तहका  फार्मेसी सुपरभाइजर दिनेश दमाईं नेपाली र छैठौं तहका फार्मेसी सुपरभाइजर निरीक्षक अभिनाष गुप्ता सरूवा रोकाउनका निम्ति काठमाडौमा पुगेका हुन् । तर त्यहाँ उनीहरूको दाल भने गलेन ।

आफन्त र नातागोताको फर्मबाट खरिद

यस अघि करिब ६ करोड रूपैयाँको औषधिजन्य सामग्री र १ करोड रूपैयाँको फर्निचर खरिद भएको छ । जसको भुक्तानी प्रक्रिया असार मसान्तमा गर्ने गरी कार्य अघि बढेको छ ।

खरिद गरिएका सर्जिकल सामग्रीमा फार्मेसी निरीक्षक गुप्ताको धर्मपत्नी (हाल नेपाल सरकार मातहतको मन्त्रालयमा कार्यरत् रहेको) र दाइ सुधिर गुप्ताको नाममा रहेको तीनवटा सर्जिकल फर्म श्रीराम सर्जिकल, राम मेडिसिन र एसएस ग्रुपबाट खरिद गरिएको छ । त्यस्तै मिष्टी फर्मा प्रालि, डाइनामिक टेक्नोलिङ्क, विमिशा मेडिसिन डिष्ट्रिब्यूटर्स, आरोग्य सर्जिकल, हाम्रो सर्जिकल हाउस र प्रासिस मेडिसिनलगायतका फर्मबाट औषधि र सर्जिकल सामग्री अस्पताललाई खरिद गरेको देखिन्छ । जसमध्येको अधिकांश फर्ममा नेपाली र गुप्ताको शेयर रहेको बुझिएको छ ।

मेसु र लेखाअधिकृतको यसरी खुल्यो पोल

अस्पतालमा यतिठूलो अनियमितता हुँदा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पवनजंग रायमाझी र लेखा अधिकृत नारायण लम्सालको समेत संलग्नता रहेको स्रोतले बतायो । नाम नबताउने सर्तमा एक स्रोत भन्छ,‘सर्जिकल सामान र औषधि खरिद गर्दा मेसु र लेखाअधिकृतको राय आवश्यक पर्छ । उनीहरुको सहमति बिना औषधिजन्य सामग्री खरिद गर्न पाइँदैन ।’ खरिद गरिएका सर्जिकल सामग्री पनि काम चलाउको स्थितिमा रहेको उक्त स्रोतले बतायो । ‘एकपटक प्रयोग गरेपछि पुनः प्रयोगमा आउने सर्जिकल सामग्री पनि एकपटक प्रयोग गर्ने कामै नलाग्ने हुन्छ।’

करोड रुपैयाँ माथिको कुनै पनि सामग्री खरिद गर्दा राष्ट्रिय स्तरका पत्रपत्रिकामा वा कार्यालयको वेभसाइटमा टेण्डर अनिवार्य रुपमा खोल्नु पर्ने हुन्छ । तर अस्पतालले त्यसो गरेको पाइँदैन । न कार्यालयको वेभसाइटमा सूचना हालिएको भेटिएको छ भने न त कार्यालयको सूचना पाटीमा उक्त सूचना टाँस गरेको पाइन्छ । कमिसनको चक्करमा सामाग्री खरिद गर्दा एउटै फर्मबाट कम रकममा सामग्री आपूर्ति गर्ने गरेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेट पवनजंग रायमाझी र लेखा अधिकृत नारायण लम्सालले गुप्ता र नेपालीलाई पूर्ण साथ र सहयोग गरेको बताइन्छ । हाकिम र लेखा अधिकृतको पूर्ण साथ पाएका नेपाली र गुप्ताले कागजी रुपमा मात्र सामान खरिद गरेको बताइन्छ । त्यसमा पनि ६०–४० प्रतिशतको आँकडाले सामान खरिद गरिएको छ ।  ६० प्रतिशत नातागोता र जहाँ आफ्नो शेयर छ त्यहाँबाट खरिद गरिएको छ भने ४० प्रतिशत अन्यत्रबाट खरिद गरिएको छ ।

पदस्थापना भएका कर्मचारीलाई दिइएन जिम्मेवारी

अर्काको काँधमा राखेर बन्दूर चलाइरहेका मेसु रायमाझी र लेखाअधिकृत लम्सालको कर्तुत त्यतिबेला छताछुल्ल भयो जतिबेला सरुवा भएर आएका फर्मेसी सुपरभाइजर उदयवीर शाहीलाई पदस्थापन गर्न मेसुले आनकानी गरे । मन्त्रालयले पदस्थापना गरेर पठाएको व्यक्तिलाई काम गर्न नदिएर अस्पतालमा वर्षौदेखि फाजिलमा कार्यरत कर्मचारीलाई काखी च्याप्नुले पनि उनीहरुको कर्तुत छताछुल्ल भएको हो । आफ्नो र लेखाअधिकृतको रायबमोजिम शक्ति केन्द्र पुगेका गुप्ताको जब सरुवा रोकिएन तब मेसु रायमाझीले नयाँ सरुवा भएर आएका फार्मेसी सुपरभाइजर शाहीलाई स्टोरकिपरको जिम्मेवारी दिएका छन् । जब कि लोक सेवा पास गरेर आएका उनलाई दुबैतिरको जिम्मेवारी दिइनु पर्ने हो ।

के भन्छन् मेसु रायमाझी ?

यस विषयमा मेसु रायमाझीसँग बुझ्दा शाहीले ओर्जिनल पदस्थापना पत्र नल्याएकाले उनलाई जिम्मेवारी दिन ढिला भएको बताए । त्यस्तै फार्मेसी सुपरभाइजर निरीक्षक अभिनाष गुप्ता (छैटौं तह) र फार्मेसी सुपरभाइजर दिनेश दमाईं नेपाली (पाँचौं तह) को सरुवा भएको आधिकारिक पत्र न अस्पतालको इमेलमा आएको न त उनीहरुले ल्याएर आएको हुँदा उनीहरुको रवाना गर्न नसकिएको बताए ।

फार्मेसीबाट स्वास्थ्य मन्त्रालयले मान्यता नदिएको (न्यूट्रास्युटिकल) सप्लिमेन्ट फुडको बिक्री वितरणबारे सोध्दा मेसु रायमाझीले सम्पूर्ण दोष डाक्टर र फार्मेसीलाई दिएर उम्किएका छन् । उनी भन्छन्,‘त्यो त डाक्टरले कतिबेला कुन औषधि मगाउनु हुन्छ थाहा भएन । टेण्डर खोल्दा के के औषधि मागिएको हो त्यही अनुसारको औषधि आएको होला ।’ टेण्डर खुलिसकेपछि जसले कम दररेट दिन्छ त्यसैले औषधि र सर्जिकल सामग्री आपूर्ति गर्ने बताउँदै मेसु रायमाझीले नेपाल सरकारको तोकेको कम्पनीबाट मात्र ती सामग्री खरिद गरिएको बताए ।
क्रमशः

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here