spot_img
Thursday, September 19, 2024
Homeबजारभुकम्प प्रभावितलाई नेपाल–भारत मैत्री संघद्धारा १२ लाख रुपैयाको आवश्यक सामाग्री वितरण

भुकम्प प्रभावितलाई नेपाल–भारत मैत्री संघद्धारा १२ लाख रुपैयाको आवश्यक सामाग्री वितरण

spot_img

नेपाल भारत मैत्री संघले जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावितहरुलाई तत्काल १२ लाख रुपैँया बराबरको अति आवश्यक वस्तु सहयोग उपलब्ध गराएको छ ।नेपाल भारत मैत्री संघका वरिष्ठ उपाध्यक्ष सुस्मा शर्माको नेतृत्वमा गएको टिमले जाजरकोट भेरी नगरपालिका र रुकुम पश्चिमको आठविसे नगरपालिकामा रहेका प्रभावितहरुलाई मानव जीवनमा अति आवश्यक सामाग्री सहित सहयोग गरीएको संघका महासचिव बोध कृष्ण सुवेदील्े जानकारी गराए । महासचिव सुवेदीका अनुसार भुकम्प प्रभावित क्षेत्रमा चामल ,दाल,नुन तेल लगायतका खाद्य बस्तु विरतरण गरीएको बताए । महासचिव सुवेदीले भने,यो मानवविय संकट हो यसमा सबै मिलेर सहयोग गर्नु पर्छ,अझै पनि भुकम्पको अझै मानसिक रुपमा त्रसित भएको देखिन्छ,त्यसमा सबैले आफ्नो आफ्नो स्थानबाट सहयोग हुनु पर्दछ ।” राहत वितरणका लागि जाजरकोट र रुकुम पश्चिम पुगेको नेपाल भारत मैत्री संघका वरिष्ठ उपाध्यक्ष शर्माले भारत र नेपालको मित्रतालाई अझै प्रगाढ तथा दुखमा परेकाहरुलाई मलम लगाउनु पर्छ भन्ने उदेश्यले राहत समाग्री लिएर आएको बताईन । वरिष्ठ उपाध्यक्ष शर्माले भनिन,“स्थित निकै नाजुक छ,साना बच्चा ,महिला,उमेर पुगेकाहरु नै जोखिममा रहेको देखिन्छ,राहत वितरणमा समेत व्यवस्थापनमा समस्या भएको जस्तो मैले पाए,यसमा सबैले मानविय हृदयबाट चल्नु पर्छ ।

”यसैगरी अर्का लुम्बिनी प्रदेश नेपाल भारत मैत्री संघका वरिष्ठ उपाध्यक्ष बासु देव रिमालले जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं।१ र रुकुमको आठविसे नगरपालिकाको स्थिलगत रुपमा हेर्दा बाहिर चौरमा बसेको र खान तथा ओड्नका लागि समस्या भएको भेटिएको बताउँदै भने,नेपाल भारत मैत्री संघको तर्फबाट आठ सय थान कम्बल र खाद्यन्न प्याकेज वितरण गरेको छौ ।” मानव जीवनमा अति आवश्यक समाग्री सहित उक्त सहयोग गरेमा भुकम्प प्रभावित क्षेत्रका आठ सय घरधुरीलाई हुने गरी चामल,दाल ,नुन तेल लगायत खाद्य बस्तु तथा आठ सय न्यानो बल्याङ्केट वितरण गरीएको छ । भुकम्प अतिप्रभावितमध्ये पनि सुत्केरी,गर्भवती,अपाङग तथा अति संकटासन्न परिवारलाई न्यायो बल्याङकेट वितरणका लागि आफुहरु स्वम प्रभावित क्षेत्रमा पुगेको थिए र आगामी दिनमा मानवीय सेवाका लागि संघले थप सहयोग उपलब्ध गराउँदै जाने समेत संघले जानकारी दिएको छ । गत शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्रिच्युटको अकल्पनाीय भुकम्प गएको थियो । प्रभावित क्षेत्रमा राहत खाद्यन्नसगै आवास र गैर खाद्य सामग्री स्वास्थ्य मनो सामाजिक परामर्श,सरसफाई,जिविकोपार्जन तथा अत्यावश्यक वस्तु भुकम्पपिडितलाई आवश्यक देखिन्छ । वितरण टिममा नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य अमर खड्का,नेपाल भारत मैत्री संघ कर्णाली प्रदेश धन बहादुर बस्नेत लगायत रहेका थिए।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here