spot_img
Sunday, September 22, 2024
Homeब्यानरभक्तजनहरुको लागि बस्नेखाने सुविधा हो ः नेपालगंज उपमहानगरपालिका प्रमुख विष्ट

भक्तजनहरुको लागि बस्नेखाने सुविधा हो ः नेपालगंज उपमहानगरपालिका प्रमुख विष्ट

spot_img

बाँके नेपालगंज उपमहानगरपालिका स्थित बागेश्वरी मंन्दिर परिसरमा बन्न लागेको संरचनाहरु मध्ये होटर रेष्टुरेन्ट नभै भक्तजनहरुका लागि बस्ने र खाने व्यवस्थाका लागि सुविधा भएको नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बताएका छन । गत साउन २२ गते बागेश्वरी परिसरमा बाल पार्कसंगै रेष्टुरेन्ट बन्ने भन्ने लगायतको विषयमा सामाजिक संजालमा विभिन्न गुनासो आउँदै गर्दा हामीसँगको कुराकानीमा नेपालगंज उपमहानगरपालिका मेयर विष्टले करिब ५.५ कठ्ठा जग्गामा पहिलो चरणमा भक्तजनहरुलाई खान बस्न मिल्ने आश्रम प्रकारको भवन लगायतको बालपार्क बनाईने स्पष्ट पारेका हुन ।मेयर विष्टले भने,“टाढा–टाढाबाट आउने भक्तजनहरुलाई कहाँ वस्ने?कहाँ खाने ? भन्ने समस्याले सधै पिरोली रहेको हुन्छ अतः नगरले उहाँको सुविकधाका लागि आवास लगायत खानाबस्ने व्यवस्था गरौ भन्ने हो” । सामाजिक सञ्जालको गुनासो प्रति मेयर विष्टले भने,“ यो सार्वजानिक विषय हो यस विषयमा जनगुनासो तथा सुझाव आउनु पर्छ ,चासोको लागि सबैलाइ धन्यवाद दिन चाहान्छु ।”यसै विषयमा नेपाली कांग्रेसका नेता ललित कुमार रौनियारले बागेश्वरी मन्दिरको पुर्वपट्टिको खाली भनिएको जग्गा नगर बिकास समितिले नगर विकासको ऐन र लैन्ड पुलिङ परियोजना अन्तर्गत अधिग्रहण गरिएको कुल जग्गाको तीन प्रतिशत जग्गालाई ओपन स्पेस राख्ने या ग्रीन पार्क बनाउनका लागी छोडिएको जग्गा हो । उक्त जग्गामा ग्रिन पार्क बाहेक कुनै पनि किसिमको निर्माण अवैध मानिन्छ अतः यसमा अन्य निर्माण कार्य गर्न नहुने बताउँछन ।बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गामा बाल पार्कको निर्माण कार्यको शिलान्यास भएको आइतबार भएको हो । करीब ६ करोड रुपैयाँ लागत अनुमान रहेको सो बालपार्कको नेपालगंज उपमहानगरपालिका प्रमुख विष्टले शिलान्यास गरेका थिए।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here