spot_img
Monday, September 16, 2024
Homeब्यानरब्राउनसुगरसहित ३ पक्राउ

ब्राउनसुगरसहित ३ पक्राउ

spot_img

प्रतिबन्धित लागू औषध ब्राउनसुगरसहित बाँके प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
भारतको बहराइच बस्ने २८ वर्षका सलमान खाँन, लखनउका २८ वर्षकै मुस्तकिम सिद्दिकी र नेपालगन्ज ११ बस्ने २२ वर्षका आजाद कबडिया ४३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिमा वडा नम्वर १२ बस्ने दिब्या खड्काको घरमा लागू औषधको कारोबार भैरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र लागू औषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले छापा मारेको थियो ।
श्रेष्ठको घरमा डेरा लिएर बस्ने सिद्दिकीको कोठामा सो लागू औषध बरामद भएको हो । उनिहरुमाथी थप अनुसन्धान भैरहेको एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनु भयो । सिद्दिकी नेपालगञ्ज एक्लैनीस्थित सुन पसलमा कार्यरत रहेको खुलेको छ ।
सिद्दिकी र खाँनले भारतबाट लागू औषध ब्राउनसुगर नेपालमा ल्याउने र कबडियाले बिक्रीवितरणमा सघाउने गरेका थिए । उनिहरुले प्रती ग्राम १५ सयमा ब्राउनसुगर भारतबाट ल्याउने र नेपालमा भने ३ हजारदेखी ४ हजारसम्म बिक्री गर्ने गरेको बताएइको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here