spot_img
Wednesday, January 15, 2025
Homeब्यानरबैशाखमा मनाइदै अवधी पत्रकारिता स्थापना दिवस

बैशाखमा मनाइदै अवधी पत्रकारिता स्थापना दिवस

spot_img

अवधी पत्रकारिता स्थापना दिवस बैशाख ३ गते भब्यताका साथ नेपालगञ्जमा मनाईने भएको छ । उक्त दिवस विषयक शुक्रबार मधेश मिडिया मिसन नेपाल, बाँकेले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आगामी बैशाखमा तय भएको कार्यक्रमलाई कसरी भब्यताका साथ सफल पार्ने, अवधी पत्रकारका अवस्था लगायतका बिषय वस्तुबारे चर्चा गरिएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले कार्यक्रम मार्फत अवधी भाषा र सँस्कृति बारे बिस्तृतमा बुझ्ने अवसर प्राप्त भएको बताए । उनले अवधी भाषा प्राचीन रहेको जिकिर गर्दै यसको विकास गर्नु सबैको साझा दायित्व रहेको बताए । उनले आगामी बैशाखमा तय गरिएको कार्यक्रमलाई शुभकामना दिदै आवश्यक सहयोग समेत गर्ने प्रतिबद्धता गरेका छन ।यस्तै अवधी भाषी साहित्यकार सच्चिदानन्दा चौबेले अवधी भाषाको इतिहास सुनाउदै ८ लाख वर्षभन्दा प्राचीन रहेको बताए । त्यस समय अवधी र मिथिला भाषाको प्रार्दूभाव रहेपनि सरकारी उपेक्षाको कारण अवधी बिकास त्यति विकास हुन सकेको बताए ।उनले भने, ‘बाँके जिल्ला अवधी भाषीको प्रमुख क्षेत्र हो । बैशाख ३ गते अवधी पत्रकारिता स्थापना दिवस मनाउन लागेको छ, यो कार्य अति नै सराहनीय रहेको छ ।’नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले अवधी भाषाको विकासको लागि आर्थिकको कुनै खाँचो नै नरहेको बताए । ्उनले जानकारी दिदै भने, ‘नेपालगन्ज उपमहानगरपालिका सँग यस सम्बन्धी विभिन्न कार्यक्रम आयोजित गर्न प्रयाप्त बजेट छ ।’ उनले अवधी भाषी पत्रकारहरुमा अझ दक्षता ल्याउन विभिन्न प्रशिक्षणहरु आयोजना गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।बाँके शाखाका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मधेश मिडिया मिसन नेपाल बाँके शाखा कार्यसमिति, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रम मिसन बाँके शाखा सचिव सन्ध्या शर्माले गरेकी थिईन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.