spot_img
Monday, September 16, 2024
Homeब्यानरबैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

spot_img

काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका–९ गोल्फुटार बस्ने बारा जितपुर सिमरा उपमहानगरपालिका–१४ स्थायी घर भएका बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी २६ वर्षीय अनिस सुन्दासलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत ललितपुरको २०७७ चैत ८ गतेको फैसलाले ७ दिन कैद र ७ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सुन्दरीजलमा फेला पारी पक्राउ गरेको हो ।
सुदान्सले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितहरूलाई झुक्यानमा पारी लक्ष्मी बैंकको चेक दिएर बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उनलाई उक्त फैसला गरेको थियो । सुदान्सलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here