spot_img
Sunday, September 22, 2024
Homeब्यानरबैँकको रकम हिनामिना गरी मेनेजर फरार

बैँकको रकम हिनामिना गरी मेनेजर फरार

spot_img

नेपाल बैंक लिमिटेड गुलरिया बर्दियाका शाखा प्रबन्धक बैंकको रकम हिनामिना गरी फरार भएका छन्। ईपीएस प्रयोग गरी आफन्तको खातामा पैसा पठाएर बैंक कसुर गरेको मेनेजर धर्मेन्द्र न्यौपानेमाथि आरोप छ।
नेपाल बैंक लिमिटेड गुलरिया शाखामा कार्यरत धर्मेन्द्र न्यौपाने साउन ११ गतेदेखि सम्पर्कविहीन रहेको नयाँ शाखा प्रबन्धक कुश अधिकारीले बताए। उनले भने, ‘हामीले घरमा सम्पर्क गर्दा पनि सम्पर्क भएन। घरबाट पनि सम्पर्कविहीन भएको अवस्था छ।’
कार्यालयबाट फिल्ड जान हिंडेका उनले पछि आउन पाउँदिन भनेर कार्यालयमा खबर गरेका थिए। भर्खर मात्र कार्यालय सम्हाल्न आएका मेनेजर अधिकारीले बैंकको रकम आईपीएस प्रयोग गरेर हिनामिना भएको देखिएको बताए।
बैंकको अडिट भैसकेको छ। जुन९जुन ग्राहकको खाताबाट रकम झिकिएको छ सो रकम बैंकले ग्राहकहरुको खातामा हाल्ने भएकाले ग्राहकले जम्मा गरेको रकम घट्दैन। बैंक लुटिंदा हामीले रकम फिर्ता गरेका छौं। यसमा त फिर्ता नहुने कुरै छैन’, उनले भने। ग्राहकहरुलाई ढुक्क हुन उनले आग्रह गरे। सम्पर्कविहीन कार्यालय प्रमुखको बैंकले पनि खोजी गरिरहेको उनले बताए। ‘हराएको मान्छे भेटिन पर्‍यो। पैसा त बैंकले हालिहाल्छ। सुरुमा पत्ता लगाउन मात्र कठिन हो’, अधिकारीले प्रष्ट्याए ।

नेपाल बैंक लिमिटेड गुलरियाका मेनेजरले आईपीएस प्रयोग गरी आफन्तको खातामा पैसा पठाएको भेटिएपछि बैंकले जिल्ला प्रहरी कार्यालय बर्दियामा बैंकिङ कसुरमा मुद्धा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर शाहीले बताए।
बैंकको ५० लाख रुपैयाँ आईपीएस मार्फत हिनामिना गरी फरार मेनेजर न्यौपानेलाई छानविनको लागि बैंकले दिएको जाहेरी रितपूर्वक दर्ता गरी अनुसन्धान सुरु भएको एसपी शाहीले बताए। उनले परिवारले पनि हराएकाले खोजी गरी पाम भनी निवेदन दिएको जानकारी दिए।
हामीले खोजी कार्यलाई तीव्रता दिएका छौं। मोबाइल स्विच अफ छ’, उनले भने। प्रहरी गहिरो अनुसन्धानमा रहेकाले बाँकी तथ्य चाँडै पत्ता लाग्ने उनले विस्वास दिलाए। कालिकोटबाट बसाइ सरी नेपालगञ्ज घर भएका न्यौपाने केही महिनादेखि नेपाल बैंक लिमिटेड बर्दियाको गुलरिया शाखामा प्रवन्धकको रुपमा कार्यरत थिए। स्रोत अन्नपूर्ण

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here