spot_img
Friday, October 18, 2024
Homeब्यानरबेतहनी स्वास्थ्य चौकी जग्गादाताको प्रतिमा अनवरण

बेतहनी स्वास्थ्य चौकी जग्गादाताको प्रतिमा अनवरण

spot_img

बाँके जिल्ला डुडुवा गाउँपालिका वार्ड नं. २ स्थित बेतहानी स्वास्थ्य चौकी भवन निमार्णका लागि जग्गादाताको नवनिर्मित प्रतिमाको अनावरण गरिएको छ ।वार्ड नंं २ बेतहानी निवासी भुतपुर्व प्रधान स्वर्गिय विष्णु प्रसाद चौधरी र श्रीमती लिलावती चौधरीले स्वास्थ्य चौकी भवन निमार्णका लागि विक्रम सम्मत २०६५ सालमा सात कठ्ठा जग्गा दान गर्नुभएको थियो । जग्गा प्राप्त भएपछि नेपाल सरकारले आर्थिक वर्ष २०७३/०७४ मा सुविधा सम्पन्न भवन निमार्ण गरेको थियो ।
गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले शुक्रबार एक कार्यक्रमका विच जग्गादाताको प्रतिमा अनवरण गर्दै उनले स्वास्थ्य जस्तो सम्बेदनशिल सेवाका लागि गरेको महादानी जग्गादाताको सम्मानका लागि प्रतिमा स्थापना गरेको बताए । अध्यक्ष चौधरीले यो लाखौ मुल्य पर्ने ठुलो दानले यस क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य सेवा लिनबाट सहयोग पुगेको भन्दै समाजसेवा गर्नेहरुको सम्झनाका लागि पनि हामीले सधै सम्मान गर्न सिक्नुपर्ने कुरा उल्लेख गरे ।
त्यस अवसरमा जग्गदाताका परिवारलाई सम्मान पनि गरिएको थियो । जग्गादाताका छोरा ओम प्रकाश चौधरी र शिवकुमार चौधरी र बुहारी सुरतादेबी चौधरीलाई अध्यक्ष चौधरीले फुल माला लगाएर सम्मान गरेका थिए ।
स्वास्थ्य चौकी निमार्ण भएपछि डुडुवा १ होलिया, २ बेतहानी र ३ बनकट्टी लगायत आसपास गाउँका नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको छ । बेतहानी स्वास्थ्य चौकीमा अहिले जेष्ठ नागरिक सहायता उपचार केन्द्र, निशुल्क प्रयोगशाला, औषधी भण्डारण, एम्बुलेन्स परिचालनको सेवा उपलब्ध रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here