spot_img
Friday, December 5, 2025
Homeब्यानरबीमाको पहुँच बर्षेनी बढ्दै

बीमाको पहुँच बर्षेनी बढ्दै

spot_img


नेपालमा बीमाको पहुँच बढ्दै गएको छ । आर्थिक बर्ष २०७५र७६ मा मुलुकभर १७ प्रतिशत रहेको जीवन बीमाको पहुँच बर्षेनी बढ्दै गएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक बर्ष २०८२र८३ को असोजसम्म बीमाको पहुँच बढेर ४९।०५ प्रतिशत पुगेको छ ।
नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजना एवम् नेपाल पत्रकार महासंघ बाँकेको समन्वयमा बीमा सचेतना अभिबृद्धिमा पत्रकारहरुको भूमिका बढाउन विहिबार नेपालगञ्जमा आयोजित पत्रकारसंग बीमा विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा कार्यालयका सहायक निर्देशक शिवराज विसीले प्रस्तुत गरेको तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा सक्रिय बीमालेख संख्या ११ लाख रहेको छ । जसमा कुल ७ अर्ब ४३ करोड बीमा शुल्क संकलन भएको छ । विसीले नेपालमा जोखिमको अवस्था रहेको भन्दै नेपाल जलबायु परिवर्तनको जोखिममा १०औं, भूकम्पीय जोखिममा ११औं, मिश्रित विपद् १६औं र बाढी पहिरोको जोखिमका हिसाबले विश्वमा ३०औं स्थानमा रहेको जानकारी गराए । त्यसक्रममा पत्रकारहरुले बीमा साक्षरता र सचेतना अभिबृद्धिमार्फत बीमाको पहुँच बढाउन सकिने बताए । बीमाको बिषयमा केही नकारात्मक धारणा बनेकोले पनि यसलाई सर्वसाधारणले आवश्यकता भन्दा बाध्यात्मक रुपमा लिएको पाइएको अनुभव पत्रकारहरुले सुनाए । नेपाल बीमा प्राधिकरण बुटवल कार्यालयकी निर्देशक जमुना अर्याल आचार्यले बीमाको बुझाई र धरातलीय यथार्थबारे बुझ्न र सुझाब संकलन गर्न पत्रकारहरुसंग अन्तरक्रिया गरिएको बताइन् । उनले बीमाबारे सचेतना प्रबद्र्धन गर्न र बीमाका मुद्दालाई मिडियामा मूल प्रवाहीकरण गर्न पत्रकारहरुको रचनात्मक सहयोगको अपेक्षा राखेको बताइन्
कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले बीमाको दायरा र पहुँच बढ्दै गएको बताउँदै बीमा बारेको बुझाईमा पनि सुधार भएको बताए । सार्वजनिक सेवा प्रशारण नेपाल, नेपाल टेलिभिजन कोहलपुर प्रमुख निराजन खनालले आमनागरिकसम्म बीमाको महत्व र आवश्यकता प्रसार गर्न आवश्यक रहेकोमा जोड दिए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले बीमाबारे सर्वसाधारणलाई जानकारी प्रदान गर्न मिडियाको भूमिका रहने भन्दै बीमा बचत मात्र नभएर सुरक्षित भविष्यको आधार पनि भएको बताए । उनले आर्थिक क्षतिको भरपाई र सोधभर्नामा बीमाको उल्लेख्य भूमिका रहने बताए ।
कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी बाँकेका अध्यक्ष सिद्धान्तजंग शाह, पत्रकारहरु निरज गौतम, शंकर खनाल, शरण कर्माचार्य, करुणा शाह, सावित्री गिरी, माधव अधिकारी, लोकनाथ शर्मा, बैकुण्ठ प्रसाद अधिकारी लगायतले बीमा सम्बन्धि आफ्ना अनुभवसहित विभिन्न सुझाव र पृष्ठपोषण दिएका थिए । कार्यक्रमको सहजीकरण नेपाल बीमा प्राधिकरण बुटवलका बलराम गिरीले गरेका थिए । कार्यक्रममा नेपालगञ्जमा क्रियाशील विभिन्न बीमा कम्पनीका प्रमुख एवम् प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here