spot_img
Tuesday, January 21, 2025
Homeबजारबिहीबारदेखि नेपालगन्जमा प्रादेशिक महोत्सव

बिहीबारदेखि नेपालगन्जमा प्रादेशिक महोत्सव

spot_img

नेपालगन्ज उद्योग वाणिज्य संघले बिहीबारदेखि नेपालगन्जमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सव २०८१ को तयारी पूरा भएको छ ।मंगलबार नेपालगन्जमा आयोजना गरेकोे पत्रकार सम्मेलनमा संघका अध्यक्ष टंकबहादुर धामीले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । महोत्सवको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम छ ।
महोत्सवमा खर्च १ करोड हुँदा करिव ५० लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । करिव ३ लाख जनाले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
सांस्कृतिक समितिका संयोजक मख्खन धामीले महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको गीत, नृत्य, लाइभ दोहोरी र हास्यब्यङ्गसहितको सांस्कृतिक प्रस्तुती रहनेछ ।
महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्पादित खाद्य वस्तु र जडीबुटी, कृषि, पर्यटन, अटो मोबाइल्सलका गरी ३५० वटा स्टल हुने रहने संघका प्रवक्ता तथा महोत्सव प्रचारप्रसार समिति संयोजक डम्बरबहादुर चन्द बताउँछन् । महोत्सव अवलोकन गर्न विद्यार्थीलाई ७० रुपैयाँ र सर्वसाधारणका लागि १०० रुपैयाँको टिकटको ब्यवस्था गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.