spot_img
Monday, September 16, 2024
Homeब्यानरबाल सुधार गृहमा ५ दिने योग शिविर सुरु

बाल सुधार गृहमा ५ दिने योग शिविर सुरु

spot_img

बाँकेको डुडुवा गाउँपालिका–६ मा रहेको जयेन्दु बाल सुधार गृहमा योग शिविर सुरु भएको छ ।महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र प्रिजन फाउण्डेसनको सहयोग, जयेन्दु बाल सुधार गृहको समन्वयमा द आर्ट अफ लिभिङ नेपालगन्जले पाँच दिने नव चेतना शिविर सञ्चालन गरेको हो । १९ जेष्ठ २०७९ मा द आर्ट अफ लिभिङले जयेन्दु बाल सुधार गृहमा आयोजना गरेको ‘डिभाइन सेसन विथ स्वामीजी’ विषयक कार्यक्रममा भारतको बैंग्लोर आश्रमबाट आएका स्वामी पूर्णतेज र द आर्ट अफ लिभिङ नेपालकी कन्ट्री को–अर्डिनेटर मिखा माथेमाले योग शिविर आयोजना गर्ने प्रतिबद्धता जनाए अनुसार नै नव चेतना शिविर सञ्चालन गरिएको हो । आर्ट अफ लिभिङका स्वयंसेवकद्वय शंकरप्रसाद खनाल र सुधीर गौतमले शिविरमा सहजीकरण गरिरहेका छन् । शिविरमा योग, ध्यान, प्राणायाम, अध्यात्मिक ज्ञान, मनोरञ्जनमूलक खेल, सत्सङ, सेवाका कार्यक्रमहरु सञ्चालन हुनेछन् ।
सुधार केन्द्रकी इन्चार्ज विमला काउचाले बाल सुधार गृहमा बसेका बालकलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न योग शिविरसञ्चालन गरिएको बताइन् । उनले भनिन्, ‘यो सुधार गृह तपाईहरुको लागि होस्टेल हो । यहाँ शिक्षा, खेलकुद, मनोञ्जनका साथै योग, ध्यान र ज्ञानका साथै सीपमूलक तालिम सञ्चालन गरेर तपाईहरुमा रहेको क्षमता उजागर गर्ने र क्षमता अभिवृद्धि गर्र्ने काम हुनेछ ।’शिविरमा १२–१८ वर्ष उमेर समूहका ६८ जना बालकहरु सहभागी भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here