spot_img
Thursday, September 19, 2024
Homeब्यानरबालविवाह अन्त्यका लागि नितिगत तथा कानुनी व्यवस्थाबारे भर्चुअल बैठक

बालविवाह अन्त्यका लागि नितिगत तथा कानुनी व्यवस्थाबारे भर्चुअल बैठक

spot_img

बर्दियाको गुलरिया नगरपालिकामा बाल विवाह अन्त्यका लागि रणनितिक लक्ष्य लगायतका विषयहरुमा भर्चुअल बैठक सम्पन्न गरीएको छ । बाँके युनेस्को क्लबले बाल विवाह अन्त्यको लागि सन् २०३० सहितको रणनीतिक लक्ष्य, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्राथमिकता, नीतिगत तथा कानुनी व्यवस्था, चालु पन्ध्रौ योजना लगायतका विषयमा भर्चुअल बैठक सम्पन्न गरेको हो । बाँके युनेस्को क्लबद्धारा प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना अन्तर्गत सो बैठक गरिएको हो । कोरोनाका कारण भर्चुअल रुपमा आयोजना गरिएको सो बैठकको उद्देश्य स्थानीय सरकार, बालअधिकार समिति, नागरिक समाज तथा गैर सरकारी सस्थाको प्रगती समिक्षा, बाल विवाह अन्त्यका लागि स्थानीय सरकारको नीतिगत तथा कानुनी र बजेट कार्यक्रमिक व्यवस्था, घटना व्यवस्थापन, समग्र चुनौती तथा सवालका बारेमा समिक्षा गर्ने रहेको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो । गुलरिया नगरपालिकाका नगर उपप्रमुख तथा बाल अधिकार समितिका संयोजक सुशिला गिरिको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा बाल अधिकार समिति, नागरिक समाज र जनप्रतिनिधिहरुको सहभागिता रहेका थियो । सो बैठकको माध्यमबाट गुलरिया नगरपालिका, बाल अधिकार समिति र नागरिक समाजसंग बाल विवाह न्युनिकरण तथा रोकथाममा स्थानीय सरकारको प्रगतिको समिक्षा समेत गरिएको थियो । यसैगरी परियोजना क्षेत्रको बाँसगढी, राजापुर र बढैयाताल गाउपालिकामा पनि यसरि नै छलफल समिक्षा तथा अन्तकृयात्मक कार्यक्रम गरि बाल विवाह विरुद्धको प्रगति प्रतिवेदन तयार गरिने क्लबले जनाएको छ । सो प्रतिवेदनलाई जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, तथा चारवटै पालिकाका नगर÷गाउ प्रमुख उपप्रमुख, पत्रकार, नागरिक समाज तथा गैर सरकारी संस्थासंग जिल्लास्तरीय समिक्षा गरी प्रधानमन्त्रीको कार्यालयमा पठाईने क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । यसअघि बर्दिया जिल्लामा बालविवाहको अवस्था तथा स्थानीय सरकारको योगदान, अवसर र चुनौती बारे तयार पारिएको कार्यपत्र पस्तुत गरिने कार्यक्रम तय भएको जनाईएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here