spot_img
Friday, September 20, 2024
Homeब्यानरबामदेवलाई हराएका चर्चित कांग्रेस नेता गौतम केन्द्रिय सदस्यको उम्मेदवार

बामदेवलाई हराएका चर्चित कांग्रेस नेता गौतम केन्द्रिय सदस्यको उम्मेदवार

spot_img

नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतम पार्टीको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यको उम्मेदवारीमा दावी गरेका छन् । बर्दिया जिल्ला मात्रै नभएर पश्चिम क्षेत्रमै विशेष चर्चा कमाउन सफल भएका गौतम बर्दियाका प्रतिनिधी सभा सांसद एवं नेपाली कांग्रेस बर्दियाका निर्वतमान जिल्ला सभापति तथा पुर्वसिचाइँ मन्त्री हुन् ।

२०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट बाम गठबन्धनका साझा उम्मेदवार बामदेव गौतमलाई हराएपछि उनी चर्चामा आएका थिए ।

‘पार्टीको १४ औं महाधिवेशनमा म केन्द्रिय सदस्यमा लड्दैछु, मलाई विश्वास छ, नेपाली कांग्रेसका आम नेता, कार्यकर्ताले मलाई निर्वाचित गराउनु हुनेछ,’ उनले भने । पार्टीलाई सशक्त बनाउन, विधि पद्धती र प्रक्रियाबाट पार्टीलाई चलाउनका लागि आफ्नो उम्मेदवारी रहेको गौतमले बताएका छन् । ‘नेपाली कांग्रेसलाई कसरी सुदृढ बनाउन सकिन्छ, पार्टीका कार्यकर्तालाई कसरी न्याय दिन सकिन्छ, त्यसमा मेरो विशेष ध्यान केन्द्रित हुनेछ,’ नेता गौतमले बताए ।जिल्लामा निकै लोकप्रिय रहेको गौतमलाई पश्चिम लगायत पुर्वका नेपाली कांग्रेसका मतदाताहरुले समेत पत्याउने बताइएको ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here