spot_img
Sunday, September 22, 2024
Homeकला/साहित्यबागेश्वरी मन्दिरको बालउद्यानमा मेलाको आडमा जुवा

बागेश्वरी मन्दिरको बालउद्यानमा मेलाको आडमा जुवा

spot_img

पश्चिम नेपालकै पवित्र शक्तिपिठको रुपमा रहेको बागेश्वरी मन्दिरको परिसरमा रहेको बालउद्यानमा मेलाको आडमा जुवा खेलाईएको पाइएको छ । नेपालगंजमा उपमाहानगरपालिका वडा नं.२ मा रहेको बागेश्वरी मन्दिरको बालउद्यानमा रुपमा विकास गर्नु पर्ने क्षेत्रलाई भक्तजनहरुको पार्किङ स्थिल परिसरमा घरवारी टोल युवा समितिले विजय दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम सहितको मिनि महोत्सव आइतबार देखि संचालन गरेको छ ।मेला असोज ४ गते संचलानमा ल्याउने योजना भएता पनि पुर्ण तयारी तथा विभिन्न विरोधका कारण आइतबार असोज ६ गते संचालनमा आएको हो ।बाल उद्यानमा रुपमा विकास गर्ने भन्दा पनि पार्किङ स्थिल बनेको परिसरलाई भोजपुरी गीतमा नृत्य प्रदर्शन र जुवा संचालन गरेको पाइएको छ । जुवा स्टल छेउमै सुरक्षाकर्मीको टोली भने त्यसको आनन्द लिइरहेको देखिन्छन । वडा प्रहरी कार्यालय नेपालगंजको टोली कै अगाडि जुवा खेलाइरहदा चुइकक समेत नगरेपछि प्रहरीकै संरक्षणमा र सेटिङमा अवैध जुवा संचालन भएको मेलामा पुगेका दर्शकले हामीलाई जानकारी गराए ।संचालनमा आएको दिन राति करिब ९ः३० बजे सम्म स्टल खाली नै देखिएको थियो भने धार्मिक तथा सांस्कृतिक जस्तो कुनै स्टल देखिएका छैनन । आयोजकका अनुसार आइतबार मेला संचालनमा भएपनि सोमबार सबै स्टल संचालनमा आउने छन ।स्मरण रहोस मेला संचालनमा आउन लागेको भन्ने विषयमा समेत समाजिक सजाल मार्फत विरोधहरु आएको थियो । बागेश्वरी मन्दिरको उक्त परिसरलाई बाल उद्यान बनाउने भनेर केही निर्णया तथा आदेश भएता पनि बन्न नसकेको अवस्थामा भक्तजनहरुलाई पार्किङको सुविधा नै ठिक भन्ने आवज आउने गरेको पाइन्छ ।

स्रोतःनाइलखबर

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here