spot_img
Saturday, September 21, 2024
Homeब्यानरबाके कांग्रेसद्वारा नवनिर्वाचित नेतृत्वले नदिजन्य पदार्थको वैधानिक व्यवस्थापनमा देखाएको अग्रसरताको प्रशंसा

बाके कांग्रेसद्वारा नवनिर्वाचित नेतृत्वले नदिजन्य पदार्थको वैधानिक व्यवस्थापनमा देखाएको अग्रसरताको प्रशंसा

spot_img

कांग्रेस क्षेत्र नम्बर १ बाँकेले राप्तीसोनारी गाउँपालिकाको नवनिर्वाचित नेतृत्वले नदीजन्य पदार्थको बैधानिक व्यवस्थापनमा देखाएको अग्रसरताको प्रशंसा गरेको छ ।क्षेत्रीय सभापति पोषण केसीले आज एक प्रेस विज्ञप्ती निकालेर उक्त कार्य गाउँपालिका र गाउँपालिकाबासीको हकहितमा भएको ठहर गरेको छ । सभापति केसीद्वारा जारी प्रेस विज्ञप्तीमा उक्त कार्यलाई जनपक्षीय भएको उल्लेख गर्दै यस प्रकारको कार्यको निरन्तरताको अपेक्षा गरिएको छ । “पालिकाले नदीजन्य पदार्थको बैधानिक व्यवस्थापनमा देखाएको तत्परताको उच्च मूल्यांकन गर्दै नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाँकेले पनि सो कार्यप्रति ऐक्यवद्धता प्रकट गर्दछ,” विज्ञप्तीमा भनिएको छ ।साथै क्षेत्रीय समितिको आज बसेको बैठकले क्षेत्रीय समितिको तर्फबाट क्षेत्रीय सचिव खुमबहादुर बस्नेतको नेतृत्वमा सात सदस्यीय अनुगमन समिति गठन गर्ने निर्णय पनि गरेको छ । समितिले स्थलगत रुपमा अध्ययन, अवलोकन तथा अनुगमन गरी सम्बन्धित सरोकारवाला पक्षसंग छलफल, अन्तरक्रिया गरी एक हप्ताभित्र अनुमगन प्रतिवेदन सार्वजनिक गर्ने क्षेत्रीय सभापति केसीले बताए ।नदीजन्य पदार्थको अप्राकृतिक एवम् अवैध उत्खनन, ओसारपसार र चोरी निकासीले निम्त्याएको प्राकृतिक विपत्ति, राजश्व चुहावट तथा सर्वसाधारणमा पर्न गएको मूल्यबृद्धिको मारले गर्दा ठूलै समस्याको रुपमा रहेको नदीजन्य पदार्थको संरक्षण, सदुपयोग तथा व्यवस्थापनमा विगतमा भएका कमीकमजोरीलाई समेत मध्यनजर गर्दै राप्तीसोनारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष तप्त बहादुर पौडल नेतृत्वले देखाएको अग्रसरताको स्वागत तथा प्रशंसा भइरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here