spot_img
Wednesday, January 15, 2025
Homeब्यानरबांकेको परसपुर कि निर्मला कुर्मिको करोडौं जग्गा यसरी गयो जग्गा माफियाको हातमा...

बांकेको परसपुर कि निर्मला कुर्मिको करोडौं जग्गा यसरी गयो जग्गा माफियाको हातमा ……

spot_img

नेपालगञ्ज उप–महानगरपालिका वडानम्बर १७ परसपुर निवासी ५१ बर्षिय निर्मला कुर्मिको शंकास्पद तरिकाले बेपत्ता र तिनका २ भाई छोराहरु १० दिनको फरकमा मुत्यु घटनाले बांकेमा जग्गा माफिया गिरोहको दबदवा कति छ भन्ने सजिलै आंकलन गर्न सकिन्छ ।

बांकेमा बिभिन्न जग्गा काण्डका कारण जग्गा माफियाको रुपमा चर्चित नेपाल प्रहरीको भगौडा पूर्व हवल्दार रमेश थापाको समूहले निर्मला कुर्मिको करीब ५० करोडौं भन्दा बढी बराबरको ४ बिघा १२ कटठा जग्गा पनि हडप्न सफल भएको छ ।

उक्त जग्गा काण्डका गिरोह मध्यका मुख्य अभियुक्त रमेश थापाको नेपालगञ्जको खजुरा रोड स्थित अकुत सम्पती समेतबाट सञ्चालित प्लाई उड फयाक्ट्री भित्र निर्मलालाई नियन्त्रणमा लिएर करीब १ महिना लामो समय सम्म बन्धक बनाएर अनेक जालझेल र तालमेल पछी निर्मलाको नामको जग्गा रमेश थापाको श्रीमती रत्नदेबी थापाको नाममा गराएको पाईएको छ ।

निर्मलाको जग्गा लिने गिरोहले निर्मलाको २ छोराको शंकास्पद मुत्यू र निर्मलाको अपहरण गरि हत्या गरेको भन्दै उक्त घटना भएको केही बर्षपछी नेपालगञ्जको भृकुटीनगर स्थित मुस्लीम बिकास समाज नामक संस्था सञ्चालन गदै आउनुभएका मोहम्मद शेर बागवान र निजकी दोस्रो पत्नी रुबी खांनले घटनालाई अवसरको रुपमा परिणत गदै आफनो दुश्मती पनि साधनलाई लागिपरेकाले उक्त घटनाको बिषय चर्चामा आएको छ ।

निर्मला कुर्मिको घटना………….
नेपालगञ्ज उपमहानगरपालिका वडानम्बर १७ ततकालिन परसपुर गाबिस वडानम्बर ९ परसपुर निवासी ४९ बर्षिय निर्मला कुर्मिको श्रीमान महलु कुर्मिको बिक्रम सम्वत २०६२ सालमा मृत्यू भएपछी निर्मला आफना २ जना नाबालकका साथ परसपुर स्थित पक्की घरमा बस्दै आएकी थिइन ।
निर्मलाको पतीको मुत्यूको केही बर्षपछी सोही ठाउं निवासी रामफेरन धोबीको निर्मलाको घरमा आउने–जाने क्रम बढेपछी निर्मलाको घरसगै जोडिएका बादशाह कुर्मिले चाल पाउछन ।

रामफेरनको निको चाल नभएको आशंकाका बीच संबिधान सभा सदस्य बादशाह कुर्मि लामो समय काठमाडों ब्यस्त रहेको समयमा निर्मलाका २ भाई नाबालक छोराहरु मध्य जेठो छोरा रामसागर बर्माको २०६६ साल मंसिर १६ गते र कान्छो छोरा सुरेश कुमार बर्माको २०६६ साल मंसिर २७ गते अर्थात १० दिनको फरकमा ति नाबालकहरुको स्वास्थ्यमा अचानक समस्या आएर उपचारको लागी नेपालगञ्ज नसिंग होममा लगिएकोमा उपचारकै क्रममा २ भाईको शंकास्पद तरिकाले मुत्यू भएको पाइन्छ ।

उक्त घटनापछी काठमाण्डौंबाट नेपालगञ्ज घर आएको समयमा बादशाह कुर्मिले स्थानिय राफेरन धोबीले निर्मलासंग निकट बढाएर निर्मलाको श्रीमान स्वर्गिय महलु कुर्मि र जेठो छोरा राम सागर बर्माको नाममा रहेको घररजग्गाको लालपुर्जा समेत लिएर आफनो घरमा राखेको थाहपाएपछी बादशाह कुर्मिले आपनो घरसगै जोडिएको निर्मलाको घर÷जग्गाको लालपुर्जा र नागरिकता राफेरन धोबीको घरबाट जबरजस्ती आफनो नियन्त्रणमा लिएका थिए ।

ततकालिन समयमा बादशाह कुर्मि नेपाली कांग्रेसको तर्फबाट संबिधान सभा सदस्य रहेको समयमा शक्तीको दुरुपयोग गरेर निर्मलाको घर÷जग्गा खानलाई लालपुर्जा खोसेर लग्यो भन्दै बादशाह इतरमा मानिसहरुले नेपालगञ्जको परसपुरमा चर्को बिरोध र आन्दोलन देखी जिल्ला प्रशासनमा धर्ना लगायत पत्रकारहरुलाई समेत गुहार मागेको र सो समयमा निर्मलाको पक्षमा समाचारहरु आएका देखिन्छ ।

निर्मलाको जग्गा खान नदिन भन्दै बादशाहको बिरोधमा उर्लिएको समूहले नाराजुलुस र सामाजिक सदभाव बिरोधी नारा जुलुस गर्न थालेपछी बादशाह कुर्मिले निर्मलाको जग्गाधनी पुर्जाहरु सुरक्षाको निम्ती भन्दै बिभिन्न संघ÷संस्था प्रतिनिधिको रोहबरमा जिल्ला प्रशासन कार्यालय बांकेमा बिधिवतरुपमा बुझाएका थिए ।
उक्त घटनापछी शादशाहले तिम्रो जग्गा खान नपाएपछीे लालपुर्जा नेपाल सरकारलाई बुझाएको हो र अव तिम्रो पनि ज्यानको खतरा छ भन्दै निर्मलालाई डरत्रास देखाएपछी निर्मला केही समय नेपालगञ्ज स्थित साथी संस्थाको सेल्टरमा बसेको र त्यसको केही समय पछी भारतमा गएर उतै बसेको देखिन्छ ।

बादशाह कुर्मि इतरको उक्त आन्दोलनको अगुवाई गर्नेहरुमा स्थानिय निजामुद्धिन दर्जी पनि थिए । जुन घटनापछी निर्मला भारतमा गईसकेपछी निर्मलाले आफुबाट ३ लाख नगद लिएको कागजातको आधार बनाई निर्मलाको अनउपस्थितमा निर्मलाको नाममा जिल्ला अदालत बांकेमा मिति २०६९ साल भदौ ८ गते दायर गरेको लेनदेनको ७४–०६९–००२०४ नम्बरको देवानी मुद्धा हालेर एकलौटी रुपमा मुद्धा जितेर उक्त निर्मलाको २ कटठामा बनेको घर अदालतबाटै बिगो असुलीको लागी घर जग्गा लिलाम गराएर मिलेमतोमा निजको घर जग्गा श्रीमती जुवेदा इद्रिसीको नाम हुदै हाल अरुलाई नै बिक्री गरिसकेको देखिन्छ ।

निर्मला भारतमा बसेको समयमा निर्मलालाई सहयोग गर्ने बन्दै निजामुद्धिन दर्जिले निर्मलाको स्र्विर्गय श्रीमान र छोराको नाममा रहेको ४ बिघा १० कटठा जग्गा निर्मलाको नाममा गराईदिने र त्यसको लागि केही पैसा चाहिने भन्दै बिभिन्न ब्यक्तीहरुबाट पटक–पटक गरि निर्मलाको नाममा रु ३० लाख ऋण लगेको कागजात बनाएको पाइन्छ ।

सोही क्रममा निर्मलाको शेख पछी अंश खाने कोही नभएको र सुरक्षाको निम्ती जिल्ला प्रशासन कार्यालय बांकेमा सुरक्षाको निम्ती दिइएको निर्मलाको जग्गाधनी प्रमाण पुर्जा निर्मलाको श्रीमान र छोराको नामको जग्गा निर्मलाको नाममा नामसारी गर्न भन्दै निजामुद्धिन दर्जिको ग्रुपले ततकालीन बांकेको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द घिमिरेको निर्णयबाट लिन सफल भएको देखिन्छ ।

सिडियो कार्यालयबाट निर्मलाको जग्गाधनी प्रमाणपत्र निकाल्न सफल भएपछी बांके नेपालगञ्ज उपमहानगरपालिका वडानम्बर १७ ततकालिन परसपुर गाबिस वडानम्बर ८ र ९ मा रहेको घरबासको ६३२ बर्गमिटर र अन्य ४ बिघा १० कटठा जग्गा मिति २०६९ साल असार ८ गते निर्मलाको नाममा गराएको देखिन्छ ।
बिभिन्न जालझेल अनेकौ तिकडमका बीच बिभिन्न कागजात, बयानका आधारहरु खडा गरेर अडडा अदालतलाई समेत गुमराहमा पारेर निजामुद्धिनले निर्मलाको हक लाग्ने ६३२ बर्गमिटरको जग्गा र सो मा बनेको घर श्रीमती जुबेदा इद्रिसीको नाममा बनाएको देखिन्छ ।

त्यसैगरि निर्मलाको नाममा २०६९ साल असार ८ गते गराईएको उक्त ४ बिघा १० कटठा जग्गा निर्मलालाई तिम्रो नाममा जग्गा गराउन तिमी चाइयो भनेर भारतमा गई निर्मलासंग सम्पक गरि नेपालगञ्ज बोलाएर निर्मलालाई नियन्त्रणमा लिएर नेपालगञ्जको खजुरा रोड स्थित रमेश थापाको प्लाई उड फयाक्ट्रीमा राखेर निर्मलाले ऋण लिएको काजजात बनाएर मालपोतका कर्मचारीहरु पनि निर्मलालाई बन्धक बनाइएको ठाउंमै गएर जग्गाको कारोबार गरेको देखिन्छ ।

अदालतबाट कानुनी रुप दिन जग्गाका माफियाहरुले अनेकैं तिकडम र जालझेल गर्दै जिउज्यानको सुरक्षाका लागी भारतमा बसेको निर्मला कुर्मिले ऋण लिएको कागजात बनाएर कुर्मिको बिरुद्धमा जिल्ला अदालतमा मुद्धा हालेर आफनो पक्षमा फैसला भएपछी उक्त फैसलाको आधारमा आफुले पाउनुपर्ने रकमको असुलउपरका लागि निर्मलाको जग्गा लिलाम गराएर बर्दिया धधवार–४ भर भई नेपालगञ्ज धम्बोजी बस्ने पार्वती बिष्टको नाममा २०६९ साल भदौ ६ गते नामसारी भएको देखिन्छ ।

निर्मलाको नामको घर र जग्गा पार्वती बिष्टको नाममा आएपछी पार्वती बिष्टलाई बिभिन्न मितिमा रमेश थापाको श्रीमती रत्न थापा मार्फत ऋण लगेको र सो बापतको सावां ब्याज नदिएको कागजातको आधारमा रत्न थापाले पार्वती बिष्टको नाममा जिल्ला अदालतमा मुद्धा हालेको र उक्त मुद्धा बमोजिम ऋण असुलउपरका लागि पार्बती बिष्टको नाममा गएको निर्मलाको जग्गा पुन लिलामी गराएर निर्मलाको उक्त जग्गाको निम्नतम मुल्य ९७ लाख १७ हजार गराएर रमेश थापाको श्रीमती रत्न देबी थापाको नाममा सकार गराएर लिएको देखिन्छ । उक्त जग्गा रत्न देबीको नाममा गर्दा उक्त लालपुर्जा तयार गरेको मिति भने आउने बर्ष २०७९ साल १० महिना २१ गते लेखिएको छ । जसबाट मालपोतका कर्मचारी पनि आफनो बच्ने उपाय निकालेको देखिन्छ ।

यसरी जग्गा माफियाहरुको प्रपञ्चका लागि प्रशासन, मालपोतका कर्मचारीको प्रयोग देखी अदाललाई समेत गुमराहमा पारेको उक्त घटनाको अध्ययनको क्रममा देखिन्छ भने घटनाको जानकारी पाएका हाल आवाज उठाईरहेका ब्यक्तीहरुले उक्त घटना पहिल्य गुपचुप रहनु र हाल फेरी बादशाह कुर्मिसंग टसल बढेपछी उठान गरेको देखिन्छ ।

बादशाह कुर्मि पक्षका परसपुर कै कुवंर बब्बन सिह परिवारमा र मोहमद शेर बागवान बीच केही समय पहिल्य झै झगढा भएको र सो क्रममा मोहमद शेर बागवानले बब्बन सिह भक्कु कुटाई खाएपछी घटना बदलाकोरुपमा अगाढी बढेको देखिन्छ ।

कुवंर बब्बन सिह पनि मोहम्मद शेरवागवानलाई बहुबिवाहको मुद्धामा फसाउन चाहन्छ भने शेर बागवानले बब्बन सिहको दाजुले २५ लाख जग्गा दिन्छु भनी लगेको र नदिएको भन्दै दुबै पक्ष अदालतमा गएको अवस्था छ ।

उक्त केसमा बादशाह कुर्मिले बब्बन सिहलाई साथ दिएको भन्दै मोहम्मद शेर बागवान पक्ष निर्मलाको जग्गा केसमा निर्मलाको उपहरण, हत्या गरि सम्पती हडप्न लागि परेको भनी मोहम्द शेर बागवानका श्रीमती रुबी खानको समूहले बांके स्थित महिला अधिकार मञ्चको केन्द्रिय सदस्य मन कुमारी गुरतालको नामबाट धनसम्पतीका लागि निर्मलाको अपहरण गरि हत्या गरेको आरोपमा बादशाह कुर्मी, रमेश थापा निजकी श्रीमती रत्न थापा, पार्वती बिष्ट, कृण्ण मुरारी सिह, कुवंर बब्बन सिह, उर्मिला कनोजिया, अमरलाल कुर्मि धिरेन्द्र सिहका नाममा जिल्ला अदालतमा मुद्धा दायर गरिएको छ ।

स्रोत: हाम्रो संरचना डटकम

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.