spot_img
Tuesday, February 24, 2026
Homeशिक्षाबाँके र बर्दियाका महिलाहरुलाई मतदाता शिक्षा

बाँके र बर्दियाका महिलाहरुलाई मतदाता शिक्षा

spot_img

फागुन २१ गते हुन लागेको ‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२’लाई लक्षित बाँके र बर्दियामा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बाँके बर्दियामा निर्वाचनलाई लक्षित गरि मतदाता शिक्षा शुरु गरेको छ ।
बाँके र बर्दियामा विशेष गरी थारु, मधेशी, मुस्लिम, सिमान्तकृत, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका महिलाहरु र १८ वर्ष पुगेका युवा यवतीलाई मतदाता शिक्षा दिन लागिएको हो । मंगलबार बाँकेको जानकी गाउँपालिका वार्ड नंं २ मा मधेशी समुदायका महिलाहरुलाई मतदाता शिक्षा बारे अभिमुखीकरण गरिएको छ ।
अभिमुखीकरणमा निर्वाचन आचारसंहिता, मतदाताको अधिकार तथा भुमिका मतपत्रबारे जानकारी, मतदान गर्न जादा ध्यान दिनुपर्ने कुरालगायतका बारेमा अधिबक्ता विश्वजीत तिवारीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी महिलाहरुलाई मतदान बारे अभ्यासका लागि नमूना मतदान समेत गराइएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले मधेशी समुदायका महिलाहरु प्राय अशिक्षित भएकाले मतपत्रमा छाप लगाउने ज्ञान नभएकाले मत बदर बढी हुने गरेकोले यो मतदाता शिक्षाले सहयोग पुग्ने बताउनुभयो ।
उहाँले मत अधिकारको प्रयोग गरी निर्वाचनमा सहभागी हुन आग्रह गर्दै मतदानबारे जागरुक बन्नुपर्नेमा जोड दिनुभयो । नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराइएको छ ।
प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको संस्थाका कार्यकारी निर्देशक राकेश मिश्रले बताउनुभयो । उहाँका अनुसार अभिमुखीकरणमा करिब ७० जना महिलाहरुको सहभागिता रहेको थियो ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here