spot_img
Thursday, September 19, 2024
Homeब्यानरबाँके प्रेस युनियनले साधारणसभा सँगै तीज विशेष कार्यक्रम गर्दै

बाँके प्रेस युनियनले साधारणसभा सँगै तीज विशेष कार्यक्रम गर्दै

spot_img

नेपाल प्रेस युनियन बाँकेको शनिबार बसेको कार्यसमिति बैठकले विभिन्न निर्णयहरु गरेको छ । युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा युनियनको कार्यालयमा बसेको कार्यसमितिको बैठकले साधारणसभालगायतका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

युनियनले गरेको निर्णय अनुसार यही भदौ १५ गते युनियन बाँकेको वार्षिक साधारणसभा गर्ने निर्णय भएको छ । सो साधारणसभाको तयारी र व्यवस्थापनका लागि अध्यक्ष ढकालको संयोजकत्वमा सदस्यहरुमा सचिव भीष्म लोध, कोषाध्यक्ष खडक खत्री र सदस्य सलामत अलि शेखसहितको चार सदस्यीय समिति गठन गरिएको हो ।

यस्तै सोही दिन तीज महोत्सव कार्यक्रम गर्ने निर्णय गरिएको छ । महोत्सवको तयारी र व्यवस्थापनका लागि महिला उपाध्यक्ष निशा शाहको संयोजकत्वमा सदस्यहरु लक्ष्मी गौडेल, सावित्री बिश्वकर्मा, आरती कट्टेल र सुविता थारुसहित पाँच सदस्यीय समिति गठन गरेको छ ।

यसैगरी हरितालिका तीजलाई लक्षित गरि यो वर्षपनि लेखनवृत्ति प्रतियोगिता र प्रेस युनियन बुलेटिनलाई निरन्तरता दिने निर्णय गरेको छ । सोको तयारी र व्यवस्थापनका लागि उपाध्यक्ष कमल खत्रीको संयोजकत्वमा सदस्यहरु बिक्रम बुढा, राम प्रसाद आचार्य र अभिषेक गुप्तासहित चार सदस्यीय समिति गठन गरिएको छ ।

साथै युनियनको साधरण सदस्य नवीकरण खुला गर्ने निर्णयसमेत गरेको छ । निर्णयअनुसार २०८१ साउन २७ गतेदेखि ०८१ भदौ १० गतेसम्म सदस्यता नवीकरणका लागि युनियन बाँकेले सम्पूर्ण सदस्यहरुलाई अनुरोध गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here